काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले विश्वकै दोस्रो ठूलो र यूरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘यूरोकप २०२४’ को अफिसियल मोविलीटी पार्टनर बनेको छ । जर्मनीमा हुने युरोकप २०२४ को लागि बीवाइडीले खेलाडी र अफिसीयलका लागि इलेक्ट्रिक गाडी प्रदान गर्नेछ ।
यसै वर्षको जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकपको प्रयोजक भएसँगै बीवाइडीले युरोपियन बजारमा आफ्नो दरिलो उपस्थिति बनाउन चाहेको देखिन्छ । यसअघि सन् २०१२, २०१६ र २०२० को युरोकपमा फक्सवागेन अफिसीयल मोविलीटी पार्टनर थियो ।
युरोपका उत्कृष्ट २४ टीम बीच हुने उक्त फुलबल प्रतियोगितामा बीवाइडीले आफ्ना नयाँ मोडलहरु प्रदर्शनी गर्नेछ । उसले बीवाइडीको अलावा आफ्नो सबब्राण्ड याङवाङका नयाँ मोडलहरु यू७, यू८ र यू९ प्रदर्शन गर्ने जनाएको छ ।
बीवाइडीले युरोकप २०२४ को दौरानमा अफिसीयल फ्यान जोन बनाएर लाइभ म्याच ब्रोडकास्ट समेत गर्ने जनाएको छ ।

