काठमाडौं । युवाको रोजाईमा सबैभन्दा बढी पर्ने सवारीसाधन मोटरसाइकल हो । यसो त युवामात्र मोटरसाइकल प्रति उत्सुक हुन्छन् भन्ने होइन । विशेषगरि यूवामा मोटरसाइकल प्रति ज्यादा मोह हुनु स्वभाविक नै मानिन्छ । युवा अवस्था र उमेर बढेसँगै मोटरसाइकलको रोजाइमा भने भिन्नता आउन सक्छ । युवाको पहिलो रोजाई पावर हुनसक्छ भने उमेर बढेसँगै कम्र्फट रोजाइमा पर्ने गर्छ । उमेर समुह अनुसार उनिहरुको रोजाईमा फरक फरक डिजाइन र पावर क्षमता भएका मोटरसाइकलहरु पर्ने गर्छन् ।
युवाहरु विशेषत नेकेड रोडस्टर, डर्ट र स्क्रामलर मोटरसाइकल नपराउँछन् भने उमेरले परिपक्व देखिनेहरुको रोजाइमा क्रुजर र क्लासिक डिजाइन भएका मोटरसाइकल पर्ने गरेको देखिन्छ ।
उमेरसँगै इच्छा आकांक्षा समेत परिर्वतन हुँदै जाने स्वभाव मानिसहरुको हुने गर्छ । मोटरसाइकलमा पनि यो सन्दर्भ लागु हुने गर्छ । उमेर ढल्केसँगै मोटरसाइकल रोजाइमा समेत परिर्वतन आउने गर्छ ।
केही पाको उमेरका मानिसले चढ्ने मोटरसाइकल कम पावर क्षमताका मोटरसाइकल हुने गरेको छ ।
नेपाली बजारमा सबैभन्दा ठूलो बजार हिस्सा नेकेड रोडस्टार डिजाइनले ओगटेको छ । यस्तोमा उक्त सेग्मेन्टमा सबैभन्दा धेरै मोटरसाइकल बजाज, यामाहा र होन्डा, टीभीएससँग रहेको छ । जुन मूल्यका हिसावले पनि उपयूक्त मानिन्छ ।
पल्सर एनएस २००, यामाहा एमटी–१५, टीभीएस अपाची आरटीआर २०० र १६०, सुजुकी जिक्सर १५० र २५०, बेनेली टिएनटी, सिएफमोटो एनके १५०, केटीएम डुक सिरिज जस्ता धेरै मोडलहरु नेपाली बजारमा उपलब्ध रहेको छन् । यी मोटरसाइकलहरु बिशेष गरेर १८ देखि ३० बर्षका युवाहरुको रोजाइमा पर्ने मोटरसाइकल हुन् । नेपालमा पछिल्लो समय हुने गरेको रेसिङ प्रतियोगितामा समेत यी मोटरसाइकल नै प्रयोग हुने गरेको पाइन्छ । यस्तै विविध कारण नेकेड डिजाइनमा निर्माण भएका मोटरसाइकल विशेषत १८ देखि ३० बर्ष उमेरका युवाको रोजाइमा पर्ने गर्छन् ।
त्यसो त यहि उमेरका युवाहरु बजारमा डर्ट मोटरसाइकलको उपलब्धता बढेसँगै डर्ट सेग्मेन्टमा प्रवेश गर्ने क्रम बढ्न थालेको अनुुमान गर्न सकिन्छ । नेपाली बजारमा लेमोटो, कायो, क्रसफायर, एसडब्ल्यूएम जस्ता ब्राण्डले डर्ट सेग्मेन्टमा मोटरसाइकल बिक्री गर्दै आएका छन् ।
उमेरसँगै इच्छा आकांक्षा समेत परिर्वतन हुँदै जाने स्वभाव मानिसहरुको हुने गर्छ । मोटरसाइकलमा पनि यो सन्दर्भ लागु हुने गर्छ । उमेर ढल्केसँगै मोटरसाइकल रोजाइमा समेत परिर्वतन आउने गर्छ । विशेषत मोटरसाइकलमा रुची भएका मानिसहरु क्रुजर डिजाइनमा प्रवेश गर्ने गर्छन् । लामो यात्रा गर्न सहज, राइडिङ कम्र्फट, तथा मध्यम पावर र सुरक्षाको दृष्टिकोणबाट यो सेग्मेन्टका मोटरसाइकल उत्कृट हुने गर्छन् ।
रोयल इन्फिल्ड मोटरसाइकल, होन्डाका एक्सआर तथा सीआरएएफ सिरिज, बजाज डोमिनार तथा एभेन्जर, हिरो एक्सपल्स २०० जस्ता मोटरसाइकल यो सेग्मेन्टमा पर्छन् भने ३० देखि ४० बर्ष उमेरका मानिसको रोजाइमा यी मोटरसाइकल पर्ने गरेको पाइन्छ ।
क्लासिक मोटरसाइकलका पारखीहरु पनि बढ्ने क्रम जारी रहेको छ । लाखौ पर्ने क्लासिक मोटरसाइकल नेपालका सडकमा भेट्न सकिन्छ ।
यी मोटरसाइकल महंगा समेत पर्ने कारण विशेषगरि ४० वर्ष माथिका उमेर समुहको रोजाइमा पर्ने गर्छ । यसमा हार्ले डेभिड्सन, इटालिका तथा रोयल इन्फिल्ड जस्ता ब्राण्डका मोटरसाइकल उपलब्ध रहेका छन् ।
त्यसैगरि बजारमा स्पोर्टस मोटरसाइकलहरु सुजुकी जिक्सर तथा हायाबुसा, होन्डा सीबीआर, बीएमडब्ल्यू १००० आर, बेनेली ६०२ जस्ता धेरै मोटरसाइकल उपलब्ध रहेका छन् ।
आफ्नो आवश्यकता तथा क्षमतामा रहेर जुनसुकै उमेर समुहले मोटरसाइकल किन्न सक्नेछन् । नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध धेरै जसो मोटरसाइकल उपलब्ध रहेको पाइन्छ ।

