बीच बाटोमा मोटरसाइकलको किक र सेल्फ दुबै खराब भए यसरी गर्नुस् स्टार्ट

काठमाडौं । मोटरसाइकल चलाउँदा कहिलेकाही यस्तो अवस्था आउन सक्छ, किक र सेल्फ दुबैले काम नगर्ने । कहिले कहित बीच बाटोमा यस्तो समस्याले हैरान बनाउने गर्छ । यस्तो अबस्थामा कसरी पुनः मोटरसाइकललाई स्टार्ट गर्ने भन्ने समस्या धेरैलाई पर्ने गरेको छ ।

यस्तो समयमा धकेलेरसमेत मोटरसाइकल स्टार्ट गर्न सकिदैन ।

पछिल्ला दिनमा बजारमा आएका मोटरसाइकलहरु किक लेससमेत हुने गरेका छन् । त्यस्तो अबस्तमा त ब्याट्रीले काम गरेन भने समस्या सृजना हुने गरेको छ ।

यस्तो अवस्थामा, तपाईले केही नयाँ तरिका थाहापाउनु भयो भने मोटरसाइकल स्टार्ट गर्न मद्दत पुग्ने छ ।

मोटरसाइकललाई धक्का दिएर पनि स्टार्ट गर्न सकिन्छ, तर यसको लागि दुई जना मान्छे हुनु आवश्यक छ । किनभने, एक जनाले मोटरसाइकल नियन्त्रण गरेर सही समयमा गियर परिवर्तन गर्नेछ र अर्कोले मोटरसाइकललाई धक्का दिनेछ ।

यो काम मोटरसाइकलको क्लच थिचेर एक्लै पनि गर्न सकिन्छ, तर यो जोखिमपूर्ण हुन सक्छ । यस्तो अवस्थामा बिना धक्का पनि मोटरसाइकल सजिलै स्टार्ट गर्न सकिन्छ ।

सबैभन्दा पहिला साँचो लगाएर इन्जिन अन गर्नुस् । त्यसपछि मोटरसाइकललाई सबैभन्दा माथिल्लो गिएरमा राख्नुस् । पछाडिको चक्कालाई केही माथितिर घुमाउनुस् । यदि ह्वील माथितिर घुमेन भने उसलाई अगाडि पछाडि गर्नुस् ।

यो काम सजिलै हुन्छ । जब ह्वील फ्रि हुन्छ त्यसपछि त्यसलाई घुमाउनुस् । यसरी घुमाउदा तुरुन्तै स्टार्ट नहुनपनि सक्छ तर यो तरिकारले केहि समयमा इन्जिन स्टार्ट हुन थाल्छ । त्यसपछि मोटरसाइकलमा बसेर एक्सिलेटरको सहायताले कन्ट्रोल गर्नुस् ।


Back_to_top