काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले काठमाडौंको टंगालमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीको नयाँ शोरुम टंगालको छाता गणेश मन्दिर अगाडि रहेको छ ।
नयँँ शोरुममा तीन तलासम्म गाडी डिस्प्ले गरिएको छ । दुई तल्ले बेसमेन्ट पार्किङ रहेको शोरुममा पाँच वटै तलामा लिफ्टबाटै गाडी तल-माथि गर्न सकिन्छ ।
करिब २ रोपनी क्षेत्रफलमा बनेको उक्त सेल्स टावरमा महिन्द्राका सबै सेग्मेन्टका प्यासेन्जर गाडीहरू एकै ठाँउमा हेर्न सकिन्छ । दुई तलाको बेसमेन्ट पार्किङ, ३ तलाको शोरुम र माथि दुई तला अफिस स्पेशको रूपमा तयार गरिएको छ ।
उक्त भवनको क्षेत्रफल २८ हजार स्क्वायर फिटमा बनेको अग्नी ग्रुपका प्रशासन प्रमुख उद्धव चौलागाईंले बताए । उनका अनुसार उक्त भवनमा तल्लै पिच्छे ५ देखि ६ वटासम्म गाडी राख्न सकिन्छ ।
अग्नी महिन्द्रा सेल्स टावर नाम दिइएको उक्त शोरुममा रहेको लिफ्टबाट ३ हजार केजीसम्म तौल भएका गाडीहरू तल-माथि गर्न सकिन्छ । ग्राउण्ड फ्लोरमा युटिलिटी भेहिकलहरू स्कर्पियो तथा बोलेरो पीकअप, पहिलो तल्लामा महिन्द्राको प्रिमियम एसयूभीहरू स्कर्पियो एन र एक्सयूभी ७०० शोकेश गरिएको छ । साथै, दोस्रो तल्लामा एक्सयूभी ३०० र निकट भविष्यमै लन्च हुन लागेको इलेक्ट्रीक एसयूभी ४०० डिस्प्ले हुने त्यहाँ रहेकाे सेल्स टीमले जानकारी दिएको छ ।
महिन्द्राका ग्राहकलाई प्रिमियम एक्सपिरियन्स दिनका लागि र सबै भेहिकल एकै ठाँउमा देखाउनको लागि नयाँ शोरुम निर्माण गरिएको अग्नी ग्रुपका मार्केटिङ हेड निर्मल श्रेष्ठले बताए ।