निर्धारित समयमा उडान गर्न नसके एयरलाइन्सले यात्रुलाई तीन विकल्प दिनुपर्ने

काठमाडौं । एयरलाइन्स कम्पनीहरूले निर्धारित मिति र समयमा उडान गर्न नसके तीन विकल्प दिनुपर्नेछ ।

संस्कृति पर्यटन तथा मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

प्रस्तावित मस्यौदामा एयरलाइन्स कम्पनीले तोकिएकै समयमा उडान गर्न नसकेमा यात्रुलाई तीन वटा विकल्प दिनुपर्ने व्यवस्था गरिएको छ ।

पहिलो, सम्बन्धित वायुसेवाको उडान हुन नसक्ने भएमा सोही खण्डमा उडान गर्ने अर्को वायुसेवाको उडान उपलब्ध भएमा सो उडानबाट यात्रा गराउनुपर्नेछ ।

दोस्रो, यात्रुबाट कुनै थप रकम नलिई यात्रुलाई निजको गन्तव्यसम्म तत्काल यात्रा गराउन सकिने अन्य कुनै विकल्प सो अनुरूप यात्रा गराउनुपर्नेछ ।

तेस्रो, यात्रुको टिकट बापतको रकम फिर्ता दिने सुनिश्चित गरी टिकट रद्द गर्न सक्ने छन् ।


Back_to_top