काठमाडौं । काठमाडौं महानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ मा १०.३१ किलोमिटर सडक ढलान भएको छ
काठमाडौं महानगरले आइतबार सार्वजनिक गरेका चालुको आर्थिक वर्षको प्रगति विवरणमा यस्तो उल्लेख गरिएको हो ।
त्यस्तै, चालु आवमा ५५.४ किलोमिटर सडक कालोपत्र भएको छ । त्यस्तै, ४२.४७ किलोमिटर ब्लक छापेको र १२.२५ किलोमिटर ढल निर्माण भएको महानगरले जनाएको छ ।

