गाडी किन्न ४.९९ प्रतिशत ब्याजदरमै कर्जा, ६० मिनेटमा स्वीकृत

काठमाडौं । घट्दो ब्याजदरसँगै गाडी किन्नेले सहजै कर्जा पाउने अवस्था आएको छ । जगदम्बा हायर पर्चेजले प्रोटोन इमास–सेभेन किन्ने ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

कम्पनीले अघिल्लो महिना नै ल्याएको उक्त ब्याजदर स्कीम अहिले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको ब्याजदरभन्दा राम्रो हो । साथै, हप्तौंसम्म कर्जा स्वीकृतको लागि कुर्नु पर्ने उपभोक्ताले केबल ६० मिनेटमा नै सेवा पाउने कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकको नियमानुसार गाडीको मूल्यको ४० प्रतिशत रकम सुरूमै डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ भने ६० प्रतिशत रकम ६० मिनेटमै स्वीकृति दिने कम्पनीको भनाइ छ ।

कम्पनीले तोकेको ६० मिनेट भित्र कर्जा स्वीकृत हुन ७ वटा डकुमेन्ट दुरुस्त हुनुपर्छ । त्यसमा पहिलो डकुमेन्ट गाडी किन्ने र जमानी बस्नेको नागरिकता अनिर्वाय हुनुपर्छ । त्यस्तै पर्सनल प्यान कार्ड पनि अनिर्वाय चाहिन्छ ।

गाडी किन्ने र जमानी बस्ने दुवैको २/२ प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । यदि गाडी किन्ने मानिस उपत्यका बाहिरको छ भने आफ्नो स्थानीय क्षेत्रको जमानीकर्ता ल्याउनु पर्ने कम्पनीले जनाएको छ ।

खरिदकर्ता व्यक्ति वा कम्पनी जो भए पनि उसको आम्दानीको स्रोत खुलेको हुनुपर्नेछ । आम्दानीको स्रोतमा तलब सिट, घरभाडा, व्यवसायिक आम्दानी जेसुकै हुन सक्नेछ । साथै, कम्पनीले खरिद गर्ने हकमा अडिट रिपोर्ट, कर चुक्ता र व्यवसायको प्रोजेक्सन रिपोर्ट अनिर्वाय चाहिन्छ । विभिन्न निकायमा दर्ता भएको प्रमाणपत्रको कपि चहिन्छ ।

कर्जा स्वीकृति मागकर्ताको घर अवलोकन र बसोबास प्रमाणित गर्ने कागजात हुनु पर्नेछ । माथि उल्लेख भएका डकुमेन्ट पूरा गरेर निवेदन दिएको खण्डमा ६० मिनेट भित्रै कर्जा स्वीकृति हुनेछ ।


Back_to_top