काठमाडौं । टाटा मोटर्सले आज अर्को नयाँ इलेक्ट्रीक कारको कन्सेप्ट देखाएको छ । टाटाको थर्ड जेनेरेशन प्लेटफर्ममा आधारित अभिन्या कन्सेप्ट एसयूभी, एमपीभी र ह्याचव्याक गरी तीनथरी मोडल निर्माण गर्न सकिने किसिमको छ ।
टाटाले यो कन्सेप्टमा चारवटै ह्वीललाई एकदमै छेउछेउमा लगाएर कारको क्यावीन निकै ठूलो बनाएको देख्न सकिन्छ । टाटाले यही महिनामा कर्भ कन्सेप्ट पनि सार्वजनिक गरेको थियो ।
कर्भ एसयूभी कुप्पे डिजाइनबाट प्रेरित एसयूभी थियो । अहिले अभिन्यालाई ‘फेग्जीवल’ डिजाइनमा तयार गरेर विश्व बजारमा इलेक्ट्रीक कार उत्पादनमा आफु अब्बल ब्राण्ड रहेको संकेत दिएको छ ।
टाटाको नयाँ कन्सेप्ट अभिन्यामा डिपीङ सर्टनोज रहेको छ, जसलाई ठूलो साइजको ककपिट क्यानोपीले ढाकेको देख्न सकिन्छ । यसको अगाडि वारपार एलइडी लाइट रहेको छ । वारपार रहेको लाइटलाई बीचमा टुक्राएर अग्रेजी अक्षरको टी बनाएको देखिन्छ । सोही डिजाइनको रियरमा पनि टी देख्न पाइन्छ । यो टीको अर्थ टाटा हो ।

अभिन्याको कन्सेप्टमा राउण्डसेप डिस्प्ले सहितको स्टेरिङ ह्वील, अगाडि र पछाडि खुल्ने ढोका रहेको छ । तर, प्रोडक्सन मोडलमा भने रेगुलर स्टाइलकै ढोका हुने अनुमान गर्न सकिन्छ । ४.३ मिटर लामो यो कन्सेप्ट कारमा सबै चक्काहरु अगाडि र पछाडि किनारमा रहेका कारण ‘डेडिकेटेड स्केटबोर्ड कन्सेप्टमा लाउन्ज’ जस्तो फिल हुने ठूलो क्याविन स्पेश हुनुका साथै धेरै व्याट्रीप्याक अट्ने फ्ल्याट किसिमको रहेको छ ।
यो डिजाइनमा परम्परागत कारहरुमा जस्तो दुईवटा टचस्कृन नभई अगाडि ड्यासबोर्डमा पूरै हिडन स्कृन रहेको कम्पनीले जनाएको छ । यात्रुलाई रिफ्रेस फिल गराउनका लागि कारको सेन्ट्रल कन्सोलमा अरोमो डिफ्यूजर दिएको छ । साथै प्रत्येक सिटमा छुट्टा छुट्टै स्पिकरको व्यवस्थाले यात्रुहरुलाई आफ्नो इच्छा अनुसारको साउण्डमा म्युजीक सुन्न सहज बनाउँछ ।
अभिन्या इभीमा एड्भान्स अटोनोमस सिस्टम, ड्राइभर असिस्ट तथा सेफ्टी फिचरमा भविष्य केन्द्रीत टेक्नोलोजी प्रयोग हुनेछ । डिसी फास्ट चार्जिङ टेक्नलोजी सहित आउने यो कारले सिंगल चार्जमा कम्तीमा ५०० किलोमिटर रेन्ज दिनेछ ।


