यस्तो हुनेछ, बजाजको नयाँ जेनेरेसन इलेक्ट्रीक रिक्सा

बजाज अटोले आर-ई इलेक्ट्रीक रिक्साको नयाँ जेनेरेशन सार्वजनिक गर्ने तयारी सुरु गरेको छ । कम्पनीले गतवर्ष इलेक्ट्रीक थ्री–ह्वीलर मोडल बजारमा ल्याएको थियो । हाल बजारमा ल्याउने योजनासहित परीक्षण गरिरहेको फोर–सिटर मोडलमा ४८ भोल्ट लिथियम आयन ब्याट्री लगाइएको छ । 

कम्पनीको यो मोडलको डायमेन्सन, ह्वीलवेशलगायतका जानकारी भने सार्वजनिक गरेको छैन । पुरानो ब्याट्रीलाई भने परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

ब्याट्री चार्ज गर्नका लागि अतिरिक्त अनबोर्ड चार्जर लगाइएको छ । यो ब्याट्री फूलचार्ज हुनका लागि ६ घन्टाको समय लाग्ने अनुमान गरिएको छ । 

यो मोडललाई एकपटक फूलचार्ज गरेपछि १२० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसले अधिकतम् प्रतिघन्टा ४५ किलोमिटरको रफ्तार पकड्छ ।

यो कर्ब इलेक्ट्रीक रिक्साको तौल ४०० किलोग्राम रहेको कम्पनीले जनाएको छ । यसमा १२ इन्चको टायरको प्रयोग गरिएको छ । यसपूर्व बजारमा आएको रिक्साको तुलनामा बजाज आर–ई इलेक्ट्रीक निकै आकर्षक तथा आरामदायी रहेको कम्पनीको दाबी छ । 

यसमा सिल्भ हेल्डल्याम्स, बजाज आर–ई लोगो, ब्लू कलरको ड्यासबोर्ड, आकर्षक इन्स्ट्रुमेन्ट क्लस्टरलगायतका विशेषता दिइने छ । यो इलेक्ट्रीक रिक्साको बिक्री वितरण भने सन् २०२० बाट हुने अनुमान गरिएको छ । 


Back_to_top