तिन इन्जिन अप्सनमा आउँदै ‘अल न्यू होन्डा ज्याज’

होन्डाले आफ्नो चर्चित ह्याचव्याक कार ज्याजको नेक्स्ट जेनेरेशन मोडललाई अक्टोबर २३ मा टोकियो मोटर शोबाट सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले सार्वजनिक गरेको टिजर इमेजमा देखिए अनुसार उक्त कार रेगुलर मोडलभन्दा केही ठूलो हुनेछ भने ठूलो मात्रामा सिसाको प्रयोग गरिएको छ । 

नयाँ ज्याज सवफोर मिटरमा उत्पादन भएको ह्याचव्याक कार हो । होन्डाका अनुसार यो कार पूर्णत रि–डिजाइन गरिएको छ र यसले ग्राहकको मन जित्ने छ । अहिलेको रेगुलर मोडलको तुलनमा निकै आरामदायी रहेको नयाँ ज्याज तत्काल जापान र यूरोपियन बजारमा बिक्री सुरु हुनेछ ।

यसमा ठूलो इन्फोटेन्नटमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र माइल्ड हाइब्रिड मोटरका साथ आउने छ । कम्पनीले यसमा तिन इन्जिन अप्सन दिएको छ । जसमा १.२ लिटर पेट्रोल, १.५ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । 


Back_to_top