अक्टोबर २३ मा यामाहाले चार नयाँ मोडल सार्वजनिक गर्ने

यामाहाले अक्टोबर २३ बाट जापानमा सुरु हुने टोकियो मोटर शोमा दुई नयाँ इलेक्ट्रीक स्कुटर र दुई नयाँ मोटरसाइकल प्रदर्शनी गर्ने तयारी गरेको छ । आगामी नोभेम्बर ४ सम्म आयोजना हुने ४६ औं टोकियो मोटर शोमा कम्पनीले इ ०१ र इ ०२ दुई इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्नेछ । 

साथै, कम्पनीले वाइजेड ४५० एफएक्स र यामाहा आर १ मोटरसाइकल राख्ने भएको हो । चारवटै नयाँ मोडलको वल्ड प्रिमियर गर्ने तयारीलाई कम्पनीले तिव्रता दिएको छ ।

यामाहा इ ०१

यामाहाले इ ०१ इलेक्ट्रीक स्कुटरलाई स्पोर्टी लुकस दिएको छ । इलेक्ट्रीक स्कुटरको फ्रन्ट साइडमा टेलिस्कोपिक फर्क र रियरमा ग्यास चार्ज च्याम्बर लगाइएको छ । पछाडि मडगार्डमा लगाइएको प्लेटले स्कुटरलाई आकर्षक लुक्स प्रदान गरेको छ । 

यसको दुबै साइडमा डिस्क ब्रेक लगाइएको छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएसको विशेषता दिइएको छ । यसको फ्रन्ट साइडमा एप्रोन लगाइएको छ भने, अल टाइम रनिङ लाइट जडान गरिएको छ । यसमा विन्ड स्क्रृन र रियर भ्यु मिररको विशेषता पाउन सकिन्छ । 

यामाहा इ ०२

इलेक्ट्रीक कम्युटरको रुपमा आउने यामाहा इ ०२ स्कुटरमा रिमुवेभल ब्याट्री लगाइएको छ । कम तौलको यस स्कुटरमा फास्ट चार्जर सुविधा उपलब्ध हुने छैन । अत्यन्तै हलुका रहेको यो स्कुटरले ५० सीसी क्षमताको स्कुटर सरह पावर प्रदान गर्नेछ ।

कम्पनीले स्कुटरको फ्रन्ट साइडमा कन्भेक्सनल टेलिस्कोपिक फर्क लगाएको छ भने रियरमा सिंगल बेस युनिट जडान गरेको छ । यस्तै, फ्रन्ट ह्वीलमा डिस्क ब्रेक दिइएको स्कुटरको फ्रन्ट एप्रोनमा थिन एलइडी हेडल्याम्प जोडिएको छ ।

यामाहा वाइजेड ४५०एफ


इन्ड्युरो रेसिंङलाई मध्यनजर गर्दै निर्माण गरिएको यो बाइक पावर फुल इन्जिनमा आउने छ । रेसिंङलाई आधार मान्दै तयार पारिएको यो बाइकमा आकर्षक फिचर दिइएको छ । मोटर शोमा प्रदर्शन हुने यो बाइकले धेरैको ध्यान तान्ने कम्पनीको अपेक्षा राखेको छ ।

यामाहा आर १

यामाहा आर १ फ्लेगशिप स्पोर्ट बाइकको रुपमा आउने छ ।  फोर सिलिन्डर इन्जिनमा आउने यो बाइकमा इलेक्ट्रोनिक कन्ट्रोल फिचरको विशेषता दिइएको छ । 

अल न्यु एक्सेलेटर पोजिशन सेन्सरसँगै ग्रिप राइड वाइ वायर सिस्टमले बाइकलाई सुरक्षीत बनाएको छ । बाइकमा उपलब्ध ९९८ सीसीको इन्जिनले अधिकतम १९७ पीएस पावर उत्पादनको क्षमता राख्छ । यसमा आकर्षक एलइडी हेडल्याम्प, फ्युल ट्यांकी र नयाँ व्रिजस्टोन ब्याटलेक्स आरएस ११ टायर लगाइएको छ ।

यामाहाले यी ४ उत्पादनका अलावा अन्य केही उत्पादनलाई पनि उक्त मोटर शोमा शोकेस गर्नेछ । 


Back_to_top