इलेक्ट्रीक मोटरसाइकल खोज्नेलाई अर्को विकल्प ‘एफ७७’, ३ सेकेन्डमै १००काे स्पीड

भारतको बैंगलोर बेस कम्पनी अल्ट्राभ्यूलेटले एफ७७ नामक उच्च पर्फमेन्स प्रदान गर्ने इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले आगामी नेभेम्बर १३ मा उक्त मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । 

कम्पनीका अनुसार यो इलेक्ट्रीक मोटरसाइकल निकै एड्भान्स इन्जिनियरिङ, मल्टी लेवल सेफ्टी फिचर र पृथक डिजाइनको भएकाले यसले इलेक्ट्रीक मोटरसाइकलमा छुट्टै स्थान बनाउने छ ।

यो हाइफर्फमेन्स मोटरसाइकल हुने छ । एफ७७ स्मार्ट र कनेक्टीभ फिचरका साथ आउने छ । साथै, यसमा राइडर टेलिम्याटीक, रिमोट डाइनोस्टीक, ओभर द एयर अपग्रेड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, मल्टीपल राइड मोड र बाइक ट्याकिङ्ग सुविधा उपलब्ध हुने छ । 

कम्पनीका संस्थापक तथा सिइओ नारायण सुब्रमनियम भन्छन् ‘हामी निकै रोमान्चित छौं कि हामी हाई पर्फमेन्स इलेक्ट्रीक मोटरसाइकल एफ७७ सार्वजनिक गर्दैछौं । यो एउटा अद्भुत मोटरसाइकल हो । यसको फङ्सन, टेक्नोलोजी र क्रियसनमा हामी निकै खुसी छौं ।

कम्पनीको आधिकारीक वेभसाइटका अनुसार यसमा २५ किलोवाटको मोटर दिइएको छ भने यसले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ३ सेकेन्ड मात्र लगाउने छ । 


Back_to_top