काठमाडौं । पछिल्लो समय नेपाली बजारमा यामाहा मोटरसाइकलको चर्चा र लोकप्रियता बढ्दो छ । कम्पनीले ग्राहकका चाहाना अनुरुपका तथा नेपाली भूगोल सुहाउदो मोटरसाइकलहरु भित्र्याउदै आएको छ ।
यामाहा मोटरसाइकलको नेपालको लागि एमएडब्ल्यू इन्टरप्राइजेजले हालै मात्र बहुप्रतिक्षित मोटरसाइकल एमटी १५ सार्वजनिक गरेको छ । यसले अपेक्षा अनुरुप व्यापार गरिरहेको कम्पनीले जनाएको छ ।
त्यस्तै लामो समयदेखि नेपाली युवाहरु माझ परिचित यामाहा आर-१५ को नयाँ सस्करण आर-१५ भर्सन ३ सार्वजनिक गरेर यसले सफलता समेत पाइसकेको छ । समान इन्जिन तथा मूल्यसमेत उस्तै रहेको यी दुई मोटरसाइकल नेपाली बजारमा चर्चामा रहेको छ ।
नेपाली ग्राहक वर्गमा यी दुई मोटरसाकइल छनोटमा कन्फिउजन रहेको पाइन्छ । समान इन्जिन क्षमता तथा मूल्यसमेत उस्तै रहेको कारण यो समस्या रहेको छ ।
आज यी दुई मोटरसाइकल बीचको समानता, भिन्नता तथा छनोटको बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।
इन्जिन
यी दुबै मोटरसाइकलमा एउटै इन्जिन प्रयोग गरिएको छ । १५५ सीसी लिक्वीड कूल्ड, सिगंल सिलिन्डर, एफ आइ (भिभिए) इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९ बीएच पावर तथा ८ हजार ५ सय आरपीएममा १६ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा आकर्षक विशेषताको रुपमा भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) प्रविधिको प्रयोग गरिएको छ ।
डाइमेन्सन
एमटी-१५ को लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, उचाई १०७० एमएम र ह्वीलबेस १३३५ एमएम रहेको छ । यसको कुल तौल १३८ किलोग्राम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम रहेको छ भने सिट हाइट ८१० एमएम रहेको छ ।

त्यस्तै आर १५ भी ३ को लम्बाई १९९० एमएम, चौडाई ७२५ एमएम, उचाई ११३५ र ह्वीलबेस ८१५ एमएम रहेको छ । यो मोटरसाइकलको कुल तौल १३९ केजी रहेको छ । यसमा ८१५ एमएमको सिट हाइटका साथै १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
ब्रेकिङ
यी दुबै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील रहेको छ । एमटी-१५ तथा आर-१५ भी३ यी दुबै मोटरसाइकलको फ्रन्टमा २८२ एमएम तथा रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । एमटी-१५ मा सिगंल च्यानल एबीएस र आर-१५ भी ३ मा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।
सस्पेन्सन
यी दुबै मोरसाइकलमा समान सस्पेन्सन प्रयोग गरिएको छ । यी दुबैमा डेल्टाबक्स फ्रेमसहित फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा स्विङआर्म सस्पेन्सन रहेको छ ।
मूल्य
आर-१५ को मूल्य ४ लाख ५९ हजार ९ सय तथा यामाहा एमटी-१५ को मूल्य ४ लाख २९ हजार ९ सय रहेको छ ।
निष्कर्ष
यामाहा आर-१५ भी ३ एक स्पोर्टस मोटरसाइकल रहेको छ । यामाहा आर-१५ देखि भी ३ सबै मोडललाई कम्पनीले मस्कुलर बडीमा ल्याएको छ । यो मोटरसाइकल ट्रायाकमा समेत प्रयोग हुने गरेको छ ।
एग्रेसिफ सिटिङ पोजिसनले यो बाइक लामो यात्रामा प्रयोगको लागि केहि अप्ठ्यारो हुन सक्छ । सिट हाइटभन्दा लोअर पोजिशनमा रहेको ह्यान्डल राइडिङ पोजिशनलाई एग्रेसिभ बनाउछ । यसले राइडको क्रमममा चालक केही अगाडी झुक्न पर्ने हुन्छ । यो स्पोर्टस मोटरसाइकलको एक बिशेषता मानिन्छ ।
यामाहा एमटी-१५ लाई पूर्ण नेकेड बाइक मानिन्छ । यो नेकेड मोटरसाइकलको स्लिम बडी रहेको यो मोटरसाइकलको आर्कषक लुक्सले ग्राहकलाई सजिलै आकषण गर्न सक्छ । यो मोटरसाइल सिटी तथा हाइवे दुवैका लागि उत्कृष्ण मानिन्छ । यसको सिटिङ पोजिशन तथा ह्यान्डल बारको पोजिशन केही माथि रहेको छ । यसले लामो यात्रामा समेत यसमा चालकलाई असहजता रहदैन ।
धरै कुरमा समानता रहेको मोटरसाइकलमा यी कुरालाई आधार मानेर ग्राहकले आफ्नो आवश्यकता अनुसार यी मोटरसाइकल छान्न सक्नेछन् ।

