१ हजार किलोमिटर माइलेज दिने हुन्डाई प्यालिसेड

काठमाडौं । हुन्डाई प्यालिसेडको नयाँ जेनेरेशन मोडल बजारमा आउने भएको छ । बजारमा बिक्री सुरू नहुँदै विश्वव्यापी चर्चा पाइरहेको नयाँ जेनेरेशन प्यालिसेड २.५ लिटर टर्बो हाइब्रिड इन्जिनमा आउने भएको हो ।

कोरियन निर्माता हुन्डाईले नयाँ जेनेरेशन प्यालिसेडलाई ‘न्यूयोर्क इन्टरनेशनल अटो शो’मा पहिलो पटक देखाएको हो । कम्पनीले आफ्नो ब्राण्डकै सबैभन्दा ठूलो एसयूभीमा व्यापक परिवर्तन गरेर ल्याएको छ ।

नयाँ हाइब्रिड मोडलले फुल ट्याङकी पेट्रोलले १ हजार किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । हुन्डाईले पहिलेभन्दा २.५ इन्च लामो बनाएर ल्याउन लागेको प्यालिसेडमा २.७ इन्च बढी ह्वीलबेस दिएर ल्याएको हो ।

ब्राण्डकै सबैभन्दा ठूलो एसयूभीमा २१ इन्चको ठूलो ह्वील दिइएको छ । क्लास लिडिङ ड्रायाग कोफिसियन्ट ०.३१ रहेको एसयूभी निकै अग्लो देखिन्छ ।

कम्पनीले यसको ड्यासबोर्डमा ड्युल स्क्रिन दिएको छ । दुवै स्क्रिनको साइज १२.३ इन्च छ । यसमा चालक र यात्रुको सुविधाको लागि वायरलेस चार्जर, १०० वाटको यूएसबी र टाइप सी पोर्ट दिइएको छ ।

निकै ठूलो एसयूभीमा ८ जनाले सहजै यात्रा गर्न सक्नेछन् । सुरक्षामा पनि विशेष जोड दिइएको प्यालिसेडमा इनब्युल्ट ड्यास क्याम्प, यूभी-सी सेनिटाइजिङ कन्सोल, ड्राइभर एसिस्ट फिचर, अल ट्यारेन टायर दिइएको छ ।

पहिलो जेनेरेशन प्यालिसेड नेपाली बजारमा बिक्री वितरण भएको कारण नयाँ जेनेरेशन मोडल पनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top