काठमाडौं । विश्वको ध्यान विद्युतीय तर्फ केन्द्रित गराउने मध्येको एक जापानी अटोमोवाइल कम्पनी निसानले लिफलाई सन् २०१० मा उत्पादन गरेको थियो । लामो समय विश्वकै धेरै विद्युतीय कार उत्पादन गर्ने ब्राण्ड बनेको निसानले पहिलो हाइब्रिड मोडल ल्याएको हो ।
निसानले आफ्नो सर्वाधिक सफल एसयूभी एक्स-ट्रायललाई हाइब्रिड इन्जिनमा यूरोपियन बजारबाट सार्वजनिक गरेको हो । सन् २०२३ मोडलको रुपमा आएको नयाँ एक्स ट्रायलमा इन्जिनको अलावा अन्य धेरै फिचर अपडेट भएर आएको हो ।
थ्रीरो क्यावीन भएको मिडसाइज एसयूभी निसान एक्स-ट्रायलमा स्लीक एलइडी लाइट, ठूलो तथा बोल्ड ग्रिल, आकर्षक डिजाइनको बम्परमा आएको छ । इन्टेरियरमा इन्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टमका लागि फरक दुईवटा स्कृन लेआउट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट, अटो डिमीङ आइआरभीएम, कुल्ड बक्स जस्ता फिचर प्रदान गरिएको छ ।
एक्स-ट्रायलको सेकेन्ड रोलाई ६०ः४० रेसियोमा स्प्लीट गर्न सकिन्छ भने, थर्डरो ५०ः५० रेसियोमा स्प्लीट हुन्छ । थर्डरोको सिट रिक्लाइन गर्दा यसमा ५८५ लिटरको कार्गो क्यापासिटी पाउन सकिन्छ ।
नयाँ एक्स-ट्रायलमा १.५ लिटरको तीन सिलिडर हाइब्रिड पेट्रोल इन्जिन रहेको छ, जसबाट २०१ हर्सपावर र ३३० एनएम टर्क पाउन सकिन्छ ।


