तपाईको मोटरसाइकलको कर कति तिर्नु पर्ने भयो ? प्रदेश अनुसार यस्तो छ वार्षिक कर

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को लागि धेरैजसो प्रदेश सरकारले दुई पाङ्ग्रे सवारीसाधनको वार्षिक कर बढाएका छन् । साउन १ गतेबाट लागु हुने वार्षिक कर तीनवटा प्रदेशमा निकै धेरै छ ।

दुई पाङ्ग्रे सवारीसाधनमा सबैभन्दा धेरै कर बागमती प्रदेश सरकारले लगाएको छ । बागमती प्रदेश सरकारले ३ हजारदेखि ३५ हजार रुपैयाँसम्म मोटरसाइकल तथा स्कुटरमा रहेको इन्जिन क्षमताको आधारमा कर लगाएको हो । यदि तपाई बागमती प्रदेशमा दर्ता भएको मोटरसाइकल चढ्नु हुन्छ भने तपाई सबैभन्दा धेरै कर तिर्नेमा पर्नु हुन्छ ।

बागमतीलाई पच्छाउँदै गण्डकी र लुम्बिनीमा पनि कर धेरै छ । बागमतीको लगभग समान कर लगाएका यी दुई प्रदेशमा दर्ता रहेका मोटरसाइकलले पनि धेरै कर तिर्नु पर्नेछ ।

तुलनात्मक रुपमा सुदुरपश्चिम सरकारले आफ्ना दुई पाङ्ग्रे सवारीसाधन राख्ने नागरिकलाई कम कर लगाएको छ । सुदुरपश्चिममा सबैभन्दा कम २ हजार ५०० देखि ९ हजार रुपैयाँ मात्रै कर लगाइएको छ ।

यदि, तपाईसँग ६५० सीसी माथिको मोटरसाइकल छ भने सुदुरपश्चिममा बागमती प्रदेशको भन्दा २४ हजार कम वार्षिक कर तिर्दा पुग्छ । कर्णाली, मधेश र कोशी प्रदेश सरकारले लगभग समान जस्तै कर लगाएका छन् ।

यस्तो छ प्रदेश अनुसार आर्थिक वर्ष २०८०/८१ लागि कायम गरिएको इन्जिन क्षमताको आधारमा वार्षिक कर ।


Back_to_top