काठमाडौं । भारतको सबैभन्दा ठूलो गाडी उत्पादक कम्पनी मारुती सुजुकीले अल्टो के१० को गियरबक्स एसेम्बलीमा समस्या आएकोले भारतीय बजारबाट २ हजार ५५५ के-१० रिकल गरेको छ ।
समस्या आएको गाडीहरू पाट्स परिवर्तन नभएसम्म नचलाउन मारुतीले सुझाएको छ । कम्पनीले के-१० लाई आफ्ना डिलरको आधिकारीक वर्कसपमा लगेर चेक गराउन र आवश्यक पाट्स सित्तैमा परिवर्तन भनेको हो ।
कम्पनीले कुन समयमा बनेको के१० मा समस्या आएको नखुलाएता पनि समस्या आएको मोडललाई डिलर वर्कसपबाट सम्पर्क गरेर बनाउन बोलाई रहेको उल्लेख छ । गत मार्च महिनामा पनि कम्पनीले १६ हजार यूनिट बलेनो र वागेनआर रिकल गरेको थियो ।
ती गाडीहरुमा फिउल पम्पमा समस्या आएको थियो । उक्त गाडीहरुको फिउल पम्प मोटरमा समस्या आएकाले इन्जिन बन्द हुने र इन्जिन स्टार्टमा समेत समस्या आएको थियो ।