२३ लाख ७५ हजार भारुमा बिक्ला अमिताभ बच्चनको रेन्ज रोभर ?

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनले १३ बर्ष अगाडि किनेर र केहि वर्ष अगाडि बेचेको ‘रेन्ज रोभर अटोवायाेग्राफी’ पुनः बिक्रीको लागि राखिएको छ । यसलाई बिक्रेता अमिताभको पुरानो कार भन्दै किन्न चाहनेलाई २३ लाख ७५ हजार भारुमा किन्न सक्ने जनाएको छ । 

अमिताभ बच्चनले यो कार २००५ मा खरिद गरेका थिए । उनले यो कार लगातार प्रयोग गरेका थिए । अमिताभको यो कार पछि एक ब्रोकरले किनेका थिए । अहिले टिम बिएचपिमा यो कारलाई बिक्रीकाे लागि राखिएको छ । 

यद्यपि यो कार पुरानो भएतापनि अमिताभ बच्चनको प्रशंसकहरूका लागि भने यो कार त्यतिनै बहुमूल्य हुन सक्छ । मानिसहरु यस कारको लागि २३ लाख ७५ हजार रुपयाँ सजिलै तिर्न तयार हुने अनुमान लगाइएको छ ।

बलिउडमा बच्चन परिवार आफ्नो लक्जरी कारहरुको प्रयोगकर्ताका रुपमा चिनिन्छन् । अमिताभ बच्चनको साथै उनका छोरा अभिषेक, बुहारी एश्वर्या र पत्नी जया बच्चनसँग पनि लक्जरी कारहरु रहेको छ ।

अमिताभ बच्चनको यस रेन्ज रोभरले अधिकतम ३ सय ४५ बिएचपीको पावर दिन्छ । ४.४ लिटर भि८ पेट्रोल इन्जिन जडान भएको यो कार मात्र ३५ हजार किलोमिटर गुडेको छ ।


Back_to_top