काठमाडौं । लक्जरी कार निर्माता कम्पनी लेक्ससले भारतमा आफ्नो फल्यागशिप एसयूभी, एलएक्स ५७० सार्वजनिक गरेको छ । यो कारको भारतीय बजारमा २ करोड ३२ लाख ९४ हजार भारु मूल्य तोकिएको छ ।
हिजो मे २१ देखि भारतीय बजारमा यसको बुकिङ लिन सुरु भएको छ । यो कारले लक्जरी र प्रदर्शनको सन्दर्भमा ग्राहकहरूको अपेक्षा पूरा गर्नेमा कम्पनीले विस्वस्त रहेको जनाइएको छ ।
५.७ लिटर सेग्मेन्टको भि८ ४४६१ सीसी इन्जिन जडान गरिएको यस कारले २६१ बिएचपीको पावर जेनरेट गर्छ । कम्पनीका अनुसार यो धेरै शक्तिशाली इन्जिन हो, र यसको प्रदर्शनमा यसले निकै राम्रो काम गर्छ ।
स्पेसमा कम्पनीले कुनै कम्परमाइज नगरेको यो कार लामो यात्राको लागि उपयूक्त हुने कम्पनीको दाबी छ । यसको सस्पेन्सनले अफ रोडमा पनि सजिलै लैजान सक्ने कम्पनलिे जनाएको छ ।