कुन कार ब्रान्डको लाेगो कसरी बन्यो, यस्ता छन् रहस्य

काठमाडौ । सवारी उत्पादक कम्पनीको ध्यान आफूले उत्पादन गरेका सवारीको बाहिरी तथा भित्री डिजाइनमा मात्र सीमित छैनन् । सवारी उत्पादनमा केन्द्रित नहुनेहो भने उत्कृष्ट उत्पादन ल्याउन सकिँदैन नै ।

सवारी उत्पादकहरूले सवारी उत्पादनसँगै आफ्नो लोगो बनाउन पनि विशेष ध्यान दिएको पाइन्छ । कारहरू नयाँ नयाँ बन्छन् बिक्री हुन्छन् । तर कम्पनीको लोगो सदाकालागि कम्पनीलाई चिनाई राख्ने माध्यम होे । कम्पनीको लोगोहरूमा विभिन्न अर्थ÷रहस्य लुकेका हुन्छन् । ती मध्ये केही कम्पनीको लोगो र मिनिङ यस्तो छ ः

भोल्भो

भोल्भोको लोगोमा एरोसहितको गोलाकार वृत्त छ । यो लोगोको समानता मेल क्रोमोजोमसँग मिल्दो छ । वास्तविकतामा यसले अत्यन्त बलियो फलामको संकेत गर्दछ । यसले स्वीडिस फलामको प्रतिनिधित्व गर्दछ । भोल्भोमा त्यहाँकै फलाम प्रयोग हुने गरेको छ । यसले शक्ति र स्थिरताको प्रतिविम्ब दिन्छ ।

टोयोटा

हुन्डाई तथा टोयोटाको लोगोले कस्टुमर–क्लाइन्टको महत्व दर्शाउँछ । तीन ओभल्स युक्त लोगो टोयोटाले १९८९ देखि प्रयोगमा ल्याएको हो । बाहिरी ओभलको भित्र दुई ओभल्स छन् तिनले अंग्रेजीको टी बनाउँछ ।

बाहिरी ओभलको ओभरल्यापको मिनिङ हुन्छ उपभोक्ता र कम्पनीबीचको आपसी सम्बन्ध र विश्वासको संकेत । बाहिरी ओभलको अर्थ हो टोयोटाले विश्वलाई अंगाल्नु ।

स्कोडा

स्कोडाको स्लोगान जस्तै यसको लोगोले पनि बहुत चतुर रहेको संकेत गर्छ । स्कोडाको लोगोमा तीन प्वाँखसहितको पँखेटा तिर रहेको छ । यसमा रहेको एरोले गति बुझाउँछ भने पँखेटाले प्रगति । तीन प्वाँखसहितको एरो बाहिरको वृत्तले स्कोडा आफ्नो १ सय वर्षभन्दा पुरानो इतिहासबाट गुज्रिएको संकेत गर्छ ।

पोर्स्च

पोर्स्च स्पोर्टस कार निर्माताको लोगो स्टुगार्टबाट रहनगएको हो । यो कम्पनी उक्त सहरमै रहेको छ । उक्त सहर घोडाहरूको प्रजननका रूपमा समेत चिनिने गरेको छ । यो जर्मन भाषाबाट आएको हो । यो लोगोको ब्यागराउन्ड कलर जर्मनीको झन्डासँग मिल्दो छ ।

मर्सिडिज

जर्मनी विलासि कार निर्माता मर्सिडिजको लोगोमा डिमलर–मोटोरेन–गेसेलस्केफ्टको तीन प्वाइन्टेड स्टार रहेको छ । जुन १९०९ मा पहिलो पटक दर्ता भएको हो । उक्त तीन प्वाइन्टले तीन भिन्न मोबिलिटीलाई बुझाउँछ ती हुन् जमिनमा, पानीमा र आकाशमा । १९२६ मा डिमलर र बेन्ज मर्ज भएपछि तारालाई वृत्तभित्र राखिएको थियो ।

हुन्डाई

हुन्डाईको लोगो दक्षिण कोरियाली सवारी उत्पादक हुन्डाईको नामको पहिलो अक्षर जस्तो देखिन्छ । त्यो पक्कै हो । तर यो ‘एच’को अर्थ उपभोक्ता र कम्पनीबीचको सम्बन्धसँग जोडिएको छ । गहिरिएर हेर्ने हो भने यसमा दुईजना मान्छेले हातमिलाइरहेको देखिन्छ ।

बीएमडब्लू

जर्मनहरुले वेभरिन मोटर वर्कसलाई व्यरिच मोटोरेन वेर्क (बीएमडब्लू) भन्ने गर्छन । बीएमडब्लूको लोगोमा सेतो र नीलो रंगको प्रयोग भएको छ । यी रंगहरू दक्षिण–पूर्वी राज्य वेभरिनको झन्डाबाट लिइएको हो जहाँ बीएमडब्लूको केन्द्रीय कार्यालय रहेको छ ।

विगतमा धेरै वर्षसम्म यसको लोगोको रंगको बारेमा बहससमेत चलेको थियो । कम्पनीले विगतमा हवाई इन्जिनसमेत उत्पादन गथ्र्यो । तर यसबारे न्यूयोर्क टाइम्सले एक रिपोर्टमार्फत प्रष्ट्याएको छ । १९२९ मा विमानको विज्ञापन छापिँदा अहिलेको लोगोसँग विमान इन्जिनबारे कुनै सम्बन्ध नभएको लेखेको थियो ।

अडी

अडीको चार–रिङ युक्त लोगोबारे विश्वमा धेरैलाई थाहा छ । तर यसले के संकेत गर्छ भन्नेबारे भने कमैमात्र जानकार रहेका छन् । अडीको चार–रिङ लोगो भित्रचार कम्पनी मर्ज भएको बुझाउँछ । अडीसँग होर्च, डीकेडब्लू र वान्डरड कम्पनी १९३२ मा मर्ज भएका हुन् । यी कम्पनीहरू अटो युनियनमा थिए जुन आज अडी भएको हो ।


Back_to_top