बिभिन्न मोडलहरुको बाक्लो उपस्थिति रहेको युएस अटो बजारमा एउटा नगन्य परिचय बोकेको खासबर्गमा लक्षित स्पोर्टी कम्प्याक्ट नयाँ मोडलको भेलोस्टरले आफ्नो उपस्थिति जनाएर दक्षिण कोरियाली कम्पनी विश्व अटो बजारमा आफ्नो बर्चस्व स्थापित गराउन प्रयत्नरत छ भन्ने प्रमाण दिदै आएको छ ।
तुलनात्मक रुपमा सस्तो स्र्पोटी कम्प्याक्ट रहेको हुन्डाइको अघिल्लो जेनेरेशनको भेलोष्टर गत बर्ष १७.२ मिलियनको अमेरिकी अटो बजारमा १३ हजार भन्दा पनि कम गाडी बिक्री भयो । यस्तो तथ्यले अटो उत्पादकले आफैलाई प्रश्नगर्न बाध्य तुल्याउँछ । ब्यवसायको नियम जस्तै रहेको नचलेको प्रडक्ट बन्द नगरेर किन टाउको दुखाउनु ? तर, हुन्डाईले आफ्नो उत्पादन बन्द गर्नुको सट्टा उसले आफ्नो प्रडक्टलाई नयाँ डिजाइन र प्राविधिकरुपमा सुधारिएको संस्करण लिएर बजारमा फर्कियो । तथापी यस पटक पनि उसले २० हजार भन्दा बढी कार बिक्रीगर्न सक्ने छैन ।
हुन्डाईको रणनीति भेलोष्टर जस्ता कार मनपराउने ग्राहकलाई शोरुमसम्म ल्याएर १७ हजार डलरबाट मूल्य सुरुहुने एलेन्ट्रा सेडानसँग परिचित गराउनु पनि हो ।
हुन्डाईका एक कार्यकारी भन्छन् ‘भेलोष्टरले युवा ग्राहकहरुको होण्डा, बिएमडब्लु वा फोर्ड जस्तो लोकप्रियता नहोला तर, अमेरिकी युवाको ध्यान खिच्ने एउटा प्रडक्ट भने हो । हुण्डाईले आफ्नो यो मार्केटिङ शैलिलाई रिर्भस हालो मार्केटिङ टेक्निक मन्ने गरेको छ ।’
सेब्रोलेले ‘कोर्भेट स्टिङ्गे’ महंगो कारको थोरै मात्रामा उत्पादन हुन्छ र यसको लक्ष्य सेभ्रोले प्रति आकर्षित गर्नु नै हो । अमेरिकी बजारमा कोर्भेटको मूल्य करिब ५६ हजार डलर पर्छ । तर, त्यसको तुलनामा भेलोष्टरको मूल्य १७ हजार डलरबाट सुरु भएर फुलअप्सन २९ हजार डलरमा आउने छ । हुन्डाईको रणनीति भेलोष्टर जस्ता कार मनपराउने ग्राहकलाई शोरुमसम्म ल्याएर १७ हजार डलरबाट मूल्य सुरुहुने एलेन्ट्रा सेडानसँग परिचित गराउनु पनि हो । परिणामत हुन्डाईले सन् २०१७ मा अमेरिकी बजारमा एक लाख एलेन्ट्रा कारको बिक्री गर्न सफल भयो ।
‘हामीलाई थाहा छ कि युवा ग्राहकले भेलोष्टरको नयाँ डिजाइन मन पराउँछन् । भेलेष्टोरमा नयाँ फिचरहरु जस्तै पावरफुल इन्जिन र नयाँ रियर सस्पेन्सन उपलब्ध गराएको छ । जसले स्पोर्टीएर ह्यान्डीलिङको अनुभूति दिन्छ ।’ हुन्डाईका भाइसप्रेसिडेन्ट माइक ओब्रायम भन्छन् ।
हुन्डाईले यसै बर्षको जनवरीमा पहिलो पटक नयाँ भेलोष्टरलाई सार्वजनिक गर्यो र गत हप्ता मात्रै टेक्सासमा टेस्ट ड्राइभको लागि पत्रकारहरुलाई उपलब्ध गरायो । ड्राइभिङ इम्प्रेशनलाई हिजो मे २१ सम्म प्रतिबन्ध गरिएको थियो ।
हुन्डाईले पहिलो जेनेरेशनको भेलोष्टरलाई सन् २०११ मा विश्व बजारमा सार्वजनिक गरेको थियो । सुरुवाति ग्राहकमा गरिएको एक सर्वेक्षणले के देखाउँछ भने उनिहरु मध्ये आधाले पहिला कहिल्यै हुन्डाईको कुनैपनि गाडी प्रयोग गरेका थिएनन् । र ७० प्रतिशतले आफ्नो पुराना अन्य कम्पनीका गाडीलाई भेलोष्टरसँग साटेका थिए । भेलोष्टर चढ्ने मध्ये ४५ प्रतिशतले आफ्नो नयाँ गाडी खरिदगर्दा हुन्डाई कै प्रडक्ट चुने, जुन तुलनात्मक रुपमा ब्राण्ड प्रति उच्च लोयल्टी दर हो ।
रमाइलो अनुभब र बाह्य आवरणले गर्दा भेलोष्टर अमेरिकी ग्राहकको रोजाइमा पर्यो ।
समग्रमा दक्षिण कोरियाली हुन्डाई–किया ग्रुपले सेडान मोडलको उच्च उत्पादन तथा क्रशओभर र एसयुभीको अपेक्षाकृत न्यून उत्पादनले गर्दा अमेरिकामा आफ्नो ठूलो बजार हिस्सा गुमायो ।
नयाँ मोडलको भेलोष्टर डिजाइनमा धेरै स्कुप भेन्ट्स, लाइन्स र स्टाइलिस क्युज दिइएको छ, जस्ले यो महंगो स्पोर्टी कार जस्तो देखिन्छ । र नयाँ अप्सनको १.६ लिटर टर्बो ४ सिलिन्डरले २०१ हर्षपावर र १९५ फुटपाउन्ड टर्क उत्पन्न गर्छ । तुलनातमक रुपमा २.० लिटर नेबुरुली पिरिटेड इन्जिनले १४७ हर्षपावर र १३२ फुटपाउन्ड टर्क उत्पादन गर्छ, तथापी दुबै कारले वास्तबिक स्र्पोट कारको परर्फमेन्स भने दिदैन ।
समग्रमा दक्षिण कोरियाली हुन्डाई–किया ग्रुपले सेडान मोडलको उच्च उत्पादन तथा क्रशओभर र एसयुभीको अपेक्षाकृत न्यून उत्पादनले गर्दा अमेरिकामा आफ्नो ठूलो बजार हिस्सा गुमायो । यो ग्रुप पुनः आफ्नो पोर्टफोलियो संन्तुलनमा ल्याउन र बजार हिस्सा पुनः प्राप्त गर्न प्रतिबद्ध छ । नयाँ भेलोष्टरले आफ्ने प्रडक्टको मूल्य कति लगाउँछ भन्ने कुराले बिक्रीमा तात्विक परक नपरेपनि यसको उपस्थितिले हुन्डाईले आफु बजारमा अट्न कुनै कसर बाँकी राख्दैन भन्ने जनाउँछ ।