हुन्डाई क्रेटा फेसलिफ्टमा यस्तो छ परिर्वतन, मूल्य पुरानो भन्दा १५ हजार महंगो

काठमाडौं । हुन्डार्इ कम्पनीले आफ्नो चर्चित एसयुवी क्रेस्टाको फेसलिप्ट आज भारतमा सार्वजनिक गरेको छ । कम्पनीले पेट्रोल भेरियन्ट अन्तर्गत कारको शूरुवाती मूल्य ९ लाख ४३ हजार तथा डिजेल भ्यारियन्टको कारको सुरुवाति मूल्य ९ लाख ९९ हजार निर्धारण गरेको छ । 

हुन्डार्इ क्रेस्टा फेसलिप्टमा पुरानो स्टाइलमा साथै इन्टिरियर अपडेट गरिएको छ । यसको साथै यसमा ‘डुयल टोन पेन्टस्’ विशेषता थप गरिएको छ ।  

पुरानो मोडलको तुलनामा नयाँ क्रेस्टा करिब १५ हजार रुपैयाँ महङ्गो भएको कम्पनीले जनाएको छ । यसको टप वारियन्ट एसएक्स पेट्रोल पुरानोको तुलनामा करिब ५७ हजार भारतीय रुपैंयाँ महङ्गो पर्छ । 

कम्पनीले कारमा क्रुज कन्ट्रोल, ७ इन्च टचस्क्रिन इन्फोनेन्ट सिस्टमको साथै एप्पल कार प्ले, एन्ड्रोइड अटो तथा मिरर लिंक दिएको छ । 

कम्पनीले डिजेल भेरियन्टको सुरुवाति मूल्य भने यथावत राखेको छ । डिजेलको टप भेरियन्टको एसएक्स ट्रिम हटाएर टप भेरियन्टलाई एसएक्स व बनाइएको छ । यसको मूल्य पुरानोको तुलनामा ४४ हजार रुपैयाँ बढि रहेको छ । 

के छ नयाँ ? 

२०१८ हुन्डार्इ क्रेटा फेसलिप्टको फ्रन्टमा केही अपडेट गरिएको छ । यसमा नयाँ क्यासकेड ग्रिलको साथै क्रोम बेजल लगाइएको छ भने नयाँ बम्पर तथा डबल टोन फिनिश, स्किड प्लेट्स लगाइएको छ । 

कारमा भएको पुरानो फग ल्याम्पलाई परिमार्जन गरिएको छ । कारमा वाइफंक्शनल प्रोजेक्टर हेडल्याम्स, पोजिशनिंग ल्याम्प, एलइडी साइड इन्डिकेटर्स, १७ इन्च डायमण्ड कट एलाय ह्वील्स तथा शर्क फिन एन्टेना जस्ता फिचर्समा परिर्वतन गरिएको छ । 

कारमो पछाडि स्पोर्टस अपडेटेड टेलल्याम्स दिइएको छ । कारमा दुइ नयाँ डुअल टोन पेन्ट अप्शन म्यारिन ब्लु तथा पेशन ओरेन्ज थप गरिएको छ । साथै डबल टोन प्याशन ओरेन्ज तथा कालो रङको अप्शनसमेत दिइएको छ । 

कम्पनीले कारमा स्मार्ट इलेक्ट्रिस सनरुफ तथा ६ वे पावर ड्राइभर सिट, स्मार्ट बेड तथा वायरलेस फोन चार्जरको प्रयोग गरेको छ । 

यसका अलवा कारमा स्पीड सेसिंग अटो डोर लक, स्लाइडिंग फ्रन्ट आर्मरेस्ट तथा हाइट एडजस्टेबल ड्राइभिङ सिटको प्रयोग गरेको छ । कम्पनीले कारमा क्रुज कन्ट्रोल, ७ इन्च टचस्क्रिन इन्फोनेन्ट सिस्टमको साथै एप्पल कार प्ले, एन्ड्रोइड अटो तथा मिरर लिंक दिएको छ । 

सुरक्षाको हिसाबले हुन्डाइले यो कारमा ६ एयर ब्याग दिएको छ । यसको अलवा सबै भेरियन्टमा डबल एयरब्याग तथा एबिएस स्टाण्डर्ड दिएको छ ।  

यसको अलवा यसमा नयाँ फ्रन्ट सिटबेल्ट प्रि टेशनर्स दिइएको छ । 

हुन्डार्इ क्रेस्टा फेसलिफ्टमा १.६ लिटर पेट्रोल इन्जिन दिएको छ । यसले १२१ बिएचपी पावर उत्पादन गर्छ । साथै १.६ लिटर सिआरडिआइ डिजेल इन्धन दिएको छ । यसले १२६ बिएचपी पावर दिन्छ । दुबैको इन्जिनले ६ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दिएको छ । क्रेटा नेपाली बजारमा निकै लोकप्रिय एसयुभीमा पर्छ । 

यो पनि पढ्नुस्ःतथ्यांकमा एसयुभी बिक्रीः हुन्डाई क्रेटा र मारुति ब्रेजाबीच कडा प्रतिस्पर्धा, टाटा नेक्सन कहाँ ?


Back_to_top