मुख्य राजमार्गलाई ‘एक्सप्रेस हाईवे’ बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले मुख्य राजमार्गलाई एक्स्प्रेश वेको रुपमा विकास गर्ने नीति लिएको छ । 

आज संसदमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लामा राजमार्गमा कलात्मक पुल तथा सुरुङमार्ग निर्माण गर्ने जानकारी दिएकी हुन् । 

सरकारले आगामी ५ वर्ष भित्रमा हुलाकी तथा मध्य पहाडी राजमार्ग निर्माण सम्पन्न गर्ने तथा ५ वर्षमा सबै स्थानीय तहका सडकलाई कालोपत्रे गर्ने नीति सार्वजनिक गरेको छ । 


Back_to_top