एएमओ इलेक्ट्रीकले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले जन्टी प्लस स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो स्कुटरले १२० किलोमटिर भन्दा धेरै रेन्ज प्रदान गर्छ । त्यती मात्र होइन यो सकुटर फिचर लोडेड रहेको समेत कम्पनीको दावी छ ।
जन्टी प्लसमा हाइ पर्फमेन्स मोटरका साथै ६० भोल्ट ४० एम्पीयर एडभान्स लिथियम आयन ब्याट्री प्याक रहेको छ । त्यस्तै यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक असिस्टेड ब्रेकिङ सिस्टम, एन्टी थेफ्ट अलार्म, टेलिस्कोपिक सस्पेन्सन, हाइ ग्राउन्ड क्लियरेन्स, साइड स्ट्याण्ड सेन्सर, सेन्ट्रल लकिङ सिस्टम, डिस्क ब्रेक, डिआरएल, इन्जिल किल स्वीच जस्ता फिचर उपलब्ध छ ।
यो स्कुटर एक पटकको फुल चार्जमा १२० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीको दावी छ । यसमा डिसि चार्जिङ सुबिधा रहेको छ । यसलाई ४ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यसमा पोर्टएवल ब्याट्रि अप्सन रहेको छ । चालकका सहजताका लागि यसमा चार्जिङ यूएसबी पोर्ट उपलब्भ छ ।
यो स्कुटरको मूल्य १ लाख १० हजार ४६० भारतीय रुपैयाँ निर्धारण गरिएको छ । यसको विक्री सुरु फेब्रुअर १५ देखी सुरु हुने कम्पनीले जनाएको छ ।

