अब कारमा भएको एन्ड्रोयड अटोबाट सिधै फोन गर्ने सुविधा

काठमाडौं । गूगलले एन्ड्रोयड अटोमा नयाँ फिचर थप गरेपछि एन्ड्रोयड अटो प्रयोगकर्ताले सिधै मोबाइल फोनमा भएको नम्बरमा कल गर्न सक्ने भएका छन् । 

गूगलले हालै कम्पनीको आधिकारिक फोरममा नयाँ पोष्ट गर्दै एन्ड्रोयड अटोमा पुरै कन्ट्याक्ट लिस्टमा पहुँच हुने उल्लेख गरेको छ ।

यस्तो सुविधा एन्ड्रोयड अटोको माथिल्लो देब्रे भागमा रहेको मेनू खोलेपछि फोन डायलर इन्टरफेसमा पहुँचमार्फत दिने बताईएको छ ।

यसको मुख्य विषयमा एन्ड्रोयड अटोको मेनूमा कन्ट्याक्टस भन्ने नयाँ विषय थप गरिएको छ, जसले तपाईँको फोनमा भएको सम्पूर्ण सम्पर्क नम्बरहरुमा सिधै पहुँच दिन्छ । तर यो फीचर तपाईँले गाडी चलाउँदै भने प्रयोग गर्न सक्नुहुन्न् ।

गूगलकाअनुसार एन्ड्रोयड अटोमा फोनमा भएका सम्पूर्ण सम्पर्क नम्बरहरु देखिएपनि तपाईँले हाँकीरहेको गाडी रोकिएपछि मात्र यो प्रविधिले काम गर्दछ ।


Back_to_top