काठमाडौं । सन् २०१८ को बेइजिङ अटो–शोको आगामी अप्रिल २५ (भोलि)बाट सुरु हुँदैैछ । चीनले यस वर्षको अटो–शोलाई महत्वाकांक्षी र आगामी दिनमा इलेक्ट्रीक कारको विकासमा केन्द्रित गर्ने गरी तयारी गरेको जनाएको छ ।
यस वर्ष पनि धेरै कम्पनीहरूले अटो–शोमा नयाँ इलेक्ट्रीक गाडी सार्वजनिक गर्दैछन् । चीनले यसअघि नै अर्बौं डलर इलेक्ट्रीक गाडीको विकासमा लगानी गर्ने घोषणा गरिसकेको छ । सोहीअनुसार कम्पनीहरूले पनि दर्जनौँ हाइब्रिड गाडी उत्पादन गर्ने घोषणा धमाधम गरिरहेका छन् ।
अटो–शोमा डेट्रोइट अटोमेकर कम्पनीले १० वटा इलेक्ट्रीक नयाँ गाडीहरू प्रर्दशनी गर्दैछ । उक्त कम्पनीले चीनमा फक्सवागेन गाडीको उत्पादन गर्दैआएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले सहर सफा राख्नका लागि इलेक्ट्रीक गाडीमा केन्द्रित गर्ने घोषणा गरेका छन् । जसअनुसार चीनले सन् २०२५ सम्म हाल रहेका पेट्रोल÷डिजेल गाडी ५० प्रतिशत कटौती गर्ने घोषणासमेत गरेको छ ।
यस वर्षको बेइजिङ अटो–शोमा ग्लोबल तथा चिनियाँ ब्रान्ड सम्मिलित जनरल मोटर्सको फक्सवागेन एजी र निशान मोटर्सले सुविधासम्पन्न इलेक्ट्रीक हाइब्रिड गाडी सार्वजनिक गर्दैछन् ।
एसयूभी सेगमेन्टका उक्त गाडीको मूल्य चिनियाँ बजारमा १ लाख ५२ हजार युआन अर्थात् २४ हजार डलर मूल्यसमेत तोकिएको छ ।
‘अबको विश्व इलेक्ट्रीक गाडीमा गएको छ, यसमा चीनले विशेष फड्को मारिसकेको छ’ इनफिटी मोटर्सका अध्यक्ष रोनाल्ड क्रुजरले भने । उक्त कम्पनीले चीनमा निशानका लक्जरी गाडीहरू उत्पादन गर्दैआएको छ ।
चीनमा पछिल्लो समय चिनियाँ गाडीको बिक्री १ सय ५४ प्रतिशतले बढी भएको छ । जुन २०१८ को पहिलो त्रैमासिक तथ्यांक हो । जसअनुसार १ लाख ४३ हजार इलेक्ट्रीक गाडी बिक्री भएको चाइना एशोसिएसन अफ अटोमोवाइल्स उद्योगले जनाएको छ ।
अटो–शोमा जनरल मोटर्सले ५ वटा नयाँ इलेक्ट्रीक कारको प्रर्दशनी गर्दैछ । जसमा एसयूभी गाडी बढी रहेको छ । कन्सेप्ट क्यूक्स एसयूभी गाडी ६ सय किलोमिटर एकपटक फुलचार्ज गर्दा कुदाउन सकिनेछ । त्यसैगरी, कम्पनीले प्लस हाइब्रिड क्याडलिक एक्सटी–५ २८ ई मोडलसमेत अटो–शोमा राख्ने भएको छ ।
अटो–शोमा डेट्रोइट अटोमेकर कम्पनीले १० वटा इलेक्ट्रीक नयाँ गाडीहरू प्रर्दशनी गर्दैछ । उक्त कम्पनीले चीनमा फक्सवागेन गाडीको उत्पादन गर्दैआएको छ । कम्पनीले आगामी तीन वर्षभित्र फक्सवागेनका १५ इलेक्ट्रीक मोडल उत्पादनका लागि १२ अर्ब डलर लगानी गर्दैछ । त्यसैगरी, निशानले पनि अटो–शोमा अपडेटेड भर्सनको इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गर्ने तयारी गरेको छ ।
जापानीज अटोमेकरले पनि सस्तो मूल्यका इलेक्ट्रीक कार चिनियाँ लोकल साझेदारसँग मिलेर उत्पादन गर्ने गरी नयाँ कन्सेप्ट इलेक्ट्रीक कार अटो–शोमा राख्दैछ । जसमा डोङफेङ मोटर्स कम्पनीले २ वटा भर्सनका नयाँ इलेक्ट्रीक कारको प्रदर्शनी गर्दैछ ।
त्यस्तै, चिनियाँ बीवाईडी अटो कम्पनीले हाइब्रिड एसयूभी गाडी सार्वजनिक गर्दैछ । गतवर्षमात्र विश्वमा बीवाईडीले १ लाख १३ हजार ६ सय ६९ वटा गाडी बिक्री गरेको थियो ।
फोर्ड मोटर्स कम्पनीले पनि १५ नयाँ इलेक्ट्रीक मोडलका गाडी सार्वजनिक गर्दैछ । सन् २०२५ सम्ममा ३५ मोडल ल्याउने घोषणासमेत फोर्डले गरेको छ ।