पहाडी समृद्धिको ‘सुपर एक्सप्रेस हाइवे’ बन्दै मध्यपहाडी लोकमार्ग, ५० आधुनिक सहर थपिने

काठमाडौं । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्ग लक्ष्य अनुसार कामभए विसं २०७६ भित्र १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्ग बन्नेछ । 

पहाडको समृद्धिसँग जोडर हेरिएको मध्यपहाडी लोकमार्ग २०६४/६५ बाट सुरु गरिएको हो । यसलाई पुष्पलालमार्ग पनि भन्ने गरिएको छ, यसको सम्पूर्ण ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । अन्य आयोजनाको तुलनामा छिटो निर्माणकार्य भएको दावी गरिएको आयोजना निर्धारित समयमा सम्पन्न भएमा पहाडमा विकासको मूल फुट्नेछ । 

करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६  किलोमिटर  नयाँ ट्र्याक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ ।

पूर्वमा नेपाल/भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल/भारत सीमाना स्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।

विभागकाअनुसार १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाई साढे ८ मिटरको दुईलेन हुनेछ । यो लोकमार्गमाचल्ने सवारीसाधनको गति ५० किलोमिटर प्रतिघण्टा तोकिनेछ ।

लोकमार्गले मध्यपहाडका २४ जिल्ला र २ सय २५ वटा वस्तीलाई सडक सञ्जालमा जोड्दा झन्डै १ करोड जनतालाई प्रत्यक्षरुपमा फाइदापुग्ने दावीसमेत गरिएको छ । 

मध्यपहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्नेछ ।

त्यस्तै, काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।

मार्गको मध्यविन्दु नुवाकोटको पातीभन्ज्याङ्लाई बनाइएको छ । सुरुमा काठमाडौं जोड्ने भनिएपनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोट तिर लगिएको हो ।

हालसम्म कति निर्माण भयो ?

नेपाल सरकारको आन्तरिक स्रोत/साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको यो लोकमार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरू जोडिने छन् ।

पाँचथर जिल्लाको चियोभन्ज्याङ्देखि बैतडी जिल्लाको झुलाघाटसम्म जोड्ने १ हजार ७ सय ७६ किलोमिटर लम्बाई रहेको मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण २०६४/०६५ देखि सुरु भएको हो । २०७४/०७५ मा सम्पन्नगर्ने लक्ष्य रहेको भएपनिअहिले सम्पन्नहुने मिति संशोधनगर्दै २०७७/०७८ पुर्याइएको छ । 

गतवर्ष २०७३/०७४ मा २ अर्ब ८५ करोड विनियोजन गरेकोमा रकमान्तरबाट २ अर्ब ३२ करोड अर्थात् ८१ प्रतिशत थप भई ५ अर्ब १५ करोड ५१ लाखखर्च भएको छ । यो वर्ष ५५ किलोमिटर कालोपत्रे गर्ने एक सय किलोमिटर ग्राभेल गर्ने र १५ वटा पुलनिर्माण गर्ने लक्ष्य राखिएको थियो । जसमा २२.५ किलोमिटर कालोपत्रे सम्पन्न गरिएको छ भने ९५ किलोमिटर ग्राभेल सम्पन्न भएको छ । त्यस्तैगरी, ९ पुलनिर्माण भएको छ । 

हालसम्मको प्रगति हेर्ने हो भने समयमै निर्माण सम्पन्न हुने सडक विभागका प्रवक्ता मुक्ती गौतम बताउँछन् । उनका अनुसार वर्ष १ हजार ७ सय ७६ किलोमिटर ट्र्याक खुलेको र १ सय २५ किलोमिटर ग्राभेल, ४४५ किलोमिटर कालेपत्रे तथा १ सय १० वटा पुलमध्ये ४० वटा सम्पन्नभई ३० निर्माणाधीन अवस्थामा रहेको बताए । 

विभागकाअनुसार १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाई साढे ८ मिटरको दुईलेन हुनेछ । यो लोकमार्गमाचल्ने सवारीसाधनको गति ५० किलोमिटर प्रतिघण्टा तोकिनेछ ।

मध्यपहाडी लोकमार्ग नेपालको समृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्नेछ । एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

जहाँ बजारहरू बन्ने छन् 

मध्यपहाडी लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही वस्तीहरू ठूला सहरमा परिणत हुनेछन् । जसको विकास सुरु भइसकेको छ । लोकमार्गले जोड्ने प्रमुख स्थलहरू यस्ता छन् । 

प्रदेश नम्बर १ 

चियोभन्ज्याङ्ग, च्याङ्गथपु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोरनदी, सक्रान्तीबजार, म्याङ्गलुङ्ग, वसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट (घुर्मी) ।

प्रदेश नम्बर ३ 

घुर्मी, खुर्कोट, नेपालथोक, पाँचखाल, बाहुनेपाटी, पाटिभञ्ज्याङ्ग, छहरे, त्रिशुली, सल्यानटार ।

प्रदेश नम्बर ४ 

आरुघाट, पालुङटार, भोर्लेटार, कालिका, हेम्जा, कुष्मा, बागलुङ्ग, बुर्तिबाङ, निसी ।

प्रदेश नम्बर ६ (कर्णाली) 

पातिहाल्ने, लुकुमगाउँ, मुसीकोट, चौरजहारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला र साइजिउला ।

प्रदेश नम्बर ७

बेलखेत, विनायक, मंगलसेन, सांफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, बैतडी र झुलाघाट ।


Back_to_top