भक्तपुरको बाटोमा तिब्र गतिमा आएको बेनेली मोटरसाइकल दुर्घटना भएपछि…

भक्तपुर । कौशलटार र गठ्ठाघारको बीचमा तिव्र गतिमा आएको मोटरसाइकल दुर्घटनाहुँदा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् । बेनेली टिएनटी ‘३००’ मोटरसाईकल हाईलक्स गाडीमा गएर ठोक्किदा दुर्घटना भएको हो । 

उक्त मोटसाईकल हाइलक्समा ठोक्किएपछि पल्सर २२० लाई समेत ठक्कर दिन पुगेको प्रत्यक्षदर्शीले  बताए । पल्सरले पुनः सुजुकी बलेनोलाई ठक्कर दिँदा ४ वटा सवारी साधन दुर्घटना परे । 

अन्य सवारी साधनमा यात्रा गर्ने कसैलाई केही नभएपनि बेनेली मोटरसाइकलका चालकले एउटा खुट्टा गुमाएको प्रत्यक्षदर्शीले बताए । उनिहरुका अनुसार शनिवार दिउँसो साँढे १२ बजे तिब्रगतिमा आएको बेनेली मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । अहिले घाईतेको उपचार वी एण्ड वी अस्पतालमा भईरहेको छ । 


Back_to_top