एडिबीको सहयोगमा नगरपालीकाको पूर्वाधार निर्माण हुँदै

कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ । 

९७ करोड रुपैयाँ ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य अगाडि बढेका हुन् । 

‘सडक निर्माणका लागि ट्राफिक सर्भे र डिसिपिटीको कार्य पूरा भई विस्तृत डिजाइन गर्ने कार्य भइरहेको छ । आयोजनाअन्तर्गत सडक, ढल, कार्यालय भवन, र फोहरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा रहेका छन् । 

नगरपालिकामा भौतिक पूर्वाधार निर्माणसँगै व्यवस्थित शहरी विकास कार्यक्रम, कार्य सम्पादन मूल्यांकनमा आधारित योजना, मागमा आधारित योजना, वातावरणमैत्री योजना, लैंगिक बजेट, सडक बत्ती, सडक सुधार, कर्मचारी क्षमता विकासलगायतका कार्य पाँच वर्षभित्र पूरा गर्ने गरी योजना सञ्चालन गरिएको छ । 


Back_to_top