रेनोको भक्तपुर डिलरमा जी मोर्टस नियुक्त

काठमाडौं । रेनो गाडीको आधिकारिक डिलरको रुपमा जी मोटर्स नियुक्त भएको छ । रेनो गाडीको डिलर नियुक्त जी मोटर्स भक्तपुरका लागि डिलर नियुक्त भएको हो । 

जी मोटर्सले रेनोका क्विड, डस्टर र लजी गाडी आफ्नो शोरुमबाट बिक्री वितरण गर्ने छ । रेनोका नेपाल आउने सबै उत्पादन र कम्पनीले संचालनगर्ने सम्पूर्ण योजना जी मोर्टसबाट प्राप्त गर्न सकिने सञ्चालक कैलाशबाबु गेलालले बताए । 

रेनोले रेनोत्सव योजना नयाँ वर्ष २०७५को अवसर पारेर संचालन गरिरहेको छ । जी मोटर्सले हाल फोर्स मोटर्सको भक्तपुरको लागि डिलरको रुपमा समेत कार्य गरिरहेको छ । 


Back_to_top