मारुति सुजुकी ब्रेजा १.० लिटरमा आउँदै, टाटा नेक्सनसँग प्रतिस्पर्धा

काठमाडौं । मारुति सुजुकी ब्रेजा १.० लिटर बुस्टरजेट पेट्रोल इन्जिनको साथ आउने भएको छ । हाल बजारमा यो कार १.३ लिटर इन्जिनमा उपलब्ध छ । 

यसमा दिइने १.० लिटर बूस्टरजेट पेट्रोल इन्जिनले ७५ किलोवाटको पावर र १५० एनएम टर्क उत्पादन गर्नेछ । कम्पनीले हाल बूस्टरजेट पेट्रोल इन्जिन बलेनो आरएसमा दिदै आएको छ । मिडिया रिपोर्टकाअनुसार, यो कारलाई कम्पनीले यस बर्षको दिपावलीसम्ममा बजारमा ल्याउने जनाएका छन् । 

पछिल्ला केही वर्षमा, ठूला कार निर्माता कम्पनीहरुले सानो र शक्तिशाली इन्जिनको अविस्कार गर्दै ठूला मोडलहरु ल्याएका छन् । ति मोडलहरुले निकै ठूलो सफलता हाँसिलसमेत गरेका छन् । यसकै एक स्वरुपमा मारुति सुजुकी ब्रेजा आउने छ । 

नेक्सनसँग प्रतिस्पर्धा

मारुति भिटारा ब्रेजाको वास्तविक युद्ध टाटाको नेक्सनसँग हुनेछ । नेक्सन १.२ लीटर पेट्रोल र १.२ लीटर डिजल इन्जिनमा उपलब्ध छ । 


Back_to_top