काठमाडौं । बजाजले दोहोरो डिस्क ब्रेकको साथ आफ्नो सबैभन्दा बढि बिक्री हुने बजाज पल्सर १५० बजारमा सार्वजनिक गरेको छ । यसको साथै, कम्पनीले नयाँ पल्सर १५० मा डिजाइनमा केहि परिवर्तन र नयाँ रङ्गसमेत थप गरेको छ ।
नयाँ २०१८ बजाज पल्सर १५० को मूल्य सिंगल डिस्क भन्दा करिब ५ हजार भारुले महंगो रहेको छ ।
नयाँ पल्सर दोहोरो डिस्क भेरिएन्ट कालो–निलो, कालो–रातो र कालो–क्रोम कलरमा उपलब्ध रहेको छ । यो मोटरसाइकललाई कम्पनीले पहिलेभन्दा कम आवाज दिने, कमथर्कने र पहिलेभन्दा देख्नपनि उत्कृष्ट बनाएको दाबी गरेको छ । लामो ह्वीलबेस र फराकिला टायरले यसलाई सुरक्षित बनाएको छ ।
बजाजपल्सर १५० मा १४९.५ सिसि को इन्जिन दिइएको छ । यसलेले ९ हजार आरएमपीमा १४.८५ बिएचपि पावर र ६ हजार ५ सय आरएमपीमा १२.५ एनएम र्टक उत्पादन गर्छ ।
होंडा सीबी युनिकर्नसँग प्रतिस्पर्धा
नयाँ बजाज पल्सर १५० ले होन्डा सीबी युनिकर्न १६० सँग प्रतिस्पर्धा गर्ने छ । २०१७ होन्डा सीबी युनिकर्नको मूल्य र बजाज पल्सर १५० को मूल्य करिब एउटै रहेको छ । होन्डा सीबी युनिकोनमा १६२.७१ सिसि एकल सिलिन्डर, एयर–कुलमिल इन्जिन रहेको छ । यस इन्जिनले ८ हजार आरएमपीमा १३.८२ पावर र ६ हजार आरएमपीमा १३.९२ एनएम टर्क उत्पादन गर्छ ।

