यामाहाको स्कुटर किन्दा अन्जनले जिते १ लाख ५ हजार नगद

काठमाडौं । यामाहाको मोटरसाइकल किन्दा अन्जन पौडेलले १ लाख ५ हजार रुपैयाँ नगद जितेको छन् । उनले काठमाडौंको भृकुटीमण्डपमा जारी ब्लू फेस्ट क्याम्पमा मोटरसाइकल किन्दा १ लाख ५ हजार रुपैयाँ जित्न सफल भएका हुन ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले आयोजना गरिरहेको ब्लू फेस्ट एक्सचेन्ज क्याम्पमा यामाहा रेजेडआर स्कुटर किनेका पौडेलले उक्त नगद राशी जितेका हुन् ।

उनले यामाहाको नयाँ वर्ष स्कीम थ्रिल अफ थ्री अन्तर्गत मोटरसाइकल नकिन्दै ५ हजार र मोटरसाइकल किनेपछि १ लाख रुपैयाँ जितेको हुन् ।

उनले लक्ष्मी इन्टरप्राइजेजबाट यामाहाको रेजेडआर मोडलको स्कुटर किनेका थिए । यामाहा नेपालका सीईओ दीपक अग्रवालले उनलाई नगद हस्तान्तरण गरेका थिए ।

भोलि (वैशाख ३ गते)सम्म चल्ने ब्लू फेस्टमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

त्यस्तै, सहज फाइनान्सका साथै अन्य धेरै सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहाने ग्राहकले जमानी (ग्यारेन्टर) बिनै ७.९९ प्रतिशत ब्याजमा कर्जा पाउने छन् ।

त्यस्तै, आफूसँग भएको जुनसुकै ब्राण्डको जस्तोसुकै मोटरसाइकल र स्कुटरसँग यामाहाको नयाँ मोटरसाइकलरस्कुटर साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा यामाहा ब्राण्डको भए न्यूनतम ५० हजार र अन्य ब्राण्डमा न्यूनतम २५ हजार मूल्यांकन दिइने कम्पनीले जनाएको छ । यस बाहेक कम्पनीले १० हजार थप मूल्यांकन दिने बताएको छ ।

ग्राहकले हरेक स्कुटर तथा मोटरसाइकल खरिदमा विभिन्न एसोसरिज पनि पाउने छन् ।


Back_to_top