कम्बस्चनको तुलनामा ईभी बिग्रने सम्भावना एकदमै कम

काठमाडौं । पछिल्लो समय विश्वव्यापी रूपमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्दो क्रममा छ । विश्वका अधिकांश देशले वातावरणीय प्रदूषण कम गर्न हरित ऊर्जा प्रयोगलाई प्रोत्साहन नीति लिएका छन् । जसले ईभीकोे प्रयोग पनि बढाउँदै लगेको हो ।

नेपालमा पनि ईभीको प्रयोग ह्वात्तै बढेको छ । अहिले नेपालमा ईभी पेनिट्रेसन ६५ देखि ७० प्रतिशत पुगेको छ । ईभीको प्रयोगले वातावरण प्रदूणष कम गर्ने मात्र होइन ठूलो मात्रमा मर्मत खर्च समेत जोगाउँछ ।

इलेक्ट्रीक कारको बनावट कम्बस्चन कारको तुलनामा कम जटिल हुन्छ । आइसीइको तुलनामा इलेक्ट्रीक कारमा मुभिङ पार्टसपूर्जा थोरै हुने भएकाले मर्मत पनि कम गरे हुने एक अध्ययनले देखाएको छ ।

जर्मनीको अटोमोबाइल क्लब एडीएसीले गरेको अध्ययन अनुसार कम्बस्चनको तुलनामा ईभीको ब्रेकडाउन हुने दर एकदमै कम हुने देखिएको हो ।

एडीएसीले सन् २०२० देखि २०२२ सम्म बनेका १ हजार गाडीको ब्रेकडाउनको आधारमा गरेको अध्ययन गरेको थियो । जसमा गुड्दा गुड्दै बिग्रिएको हरूहरूमा आइसीइको हजारमा १०.४ प्रतिशत रहेको छ । जबकि यो संख्या ईभीको हकमा ४.२ प्रतिशत मात्र रहेको छ ।

ईभीको ब्रेकडाउनको सबैभन्दा ठूलो कारण ईभीमा रहेको लो भोल्टेज एक्सटरनल ब्याट्रीको कारण रहेको छ । लोभोल्टेज ब्याट्री ईभी र आइसीई दुवै भेहिकलमा हुने गर्छ । यो रिपोर्टले ईभी ब्रेकडाउन हुदाँ कुनै हाइ भोल्टेज ब्याट्री वा कुनै ठूलो समस्या रहेको पाइँदैन ।

ईभी ब्रेकडाउन हुँदा ५० प्रतिशत समस्या १२ भोल्टको एक्सटरनल ब्याट्री, १८ प्रतिशत मोटर वा मोटर म्यानेजमेन्ट सिस्टम, १३ प्रतिशत टायर, १० प्रतिशत जेनेरेटर, स्टार्टर, इलेक्ट्रीक सिस्टम, ३ प्रतिशत कि वा इमोबिलाइजर र ५ प्रतिशत अन्य समस्या देखिएको थियो ।


Back_to_top