कन्चनपुरमा ४० राइडर सहभागी एओजी राइड सम्पन्न

काठमाडौं । जगदम्बा मोटर्सको माताहत रहेको ‘अपाचे अनर्स ग्रुप’ (एओजी)ले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ । ४० राइडरहरुको सहभागितामा भएको राइड महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्म पुगेको थियो ।

युवाहरुलाई बाइकिङ प्रति मोहलाई एकै स्थानमा जम्मा गरी राइडरहरु बीचको भाइचारा वृद्धि गर्न एओजी राइड आयोजना हुँदै आएको छ । राइड सँगै सामाजिक कार्यहरुमा पनि सहयोग पु¥याउदै आएको एओजीले यस पटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको थियो ।

पछिल्ला चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरु सम्पन्न गरिसकेको छ । यस्ता राइडले एओजीमा आबद्ध हुन थप राइडरहरु आकर्षित भइरहेको कम्पनीको भनाई छ ।

बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा भइरहेको कार्यक्रमको दौरान आफ्ना धारणा राख्दै टीभीएसका हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्स प्रालिका रिजनल सेल्स अफिसर बिक्रम बोहराले उपस्थित सबैलाई भावुक बनाएका थिए ।

राइडमा सहभागि राइडरहरु गीत गाउने, नाच्ने, विभिन्न किसिमका खेलकुद गतिविधि गर्ने र मनोरन्जनात्कम कृयाकलापसँगै राइड सम्पन्न भएको थियो ।

जगदम्बा मोटर्स टीभीएसको दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण कम्पनीले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ ।


Back_to_top