१ लाख ३६ हजार बुझाएर अपाचे आरटीआर १६० फोर भी किन्न सकिने, यस्तो छ मासिक किस्ता

काठमाडौं । १६० सीसी सेग्मेन्टको सबैभन्दा पावरफुल मोटरसाइकल अपाचे आरटीआर १६० फोर भी मासिक किस्तामा किन्न चाहाने ग्राहकले दुई डाउनपेमन्ट गर्ने विकल्प रहेको छ । कम्पनीले ५० प्रतिशत तथा ६० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल विक्री गर्दै आएको हो ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारि विक्रेता कम्पनी जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० फोर भीको ६ भेरियन्टका मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको छ ।

अपाचे आरटीआर १६० फोर भीको सुरुवाती भेरियन्ट खरिद गर्न चाहाने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा १ लाख ३६ हजार ४५० रुपैयाँ बुझाएर मोटरसाइकल किन्न सक्नेछन् । आरटीआर १६० फोर भीको सुरुवाती भेरियन्ट १६० फोर भी फ्रन्ट डिस्क रहेको छ । यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ । डाउन पेमेन्ट गरेर बाँकि रहेको रकम ग्राहकले १२ महिना वा २४ महिनाको मासिक किस्तामा बुझाउन सक्नेछन् १२ महिनाको किस्तामा बुझाउँदा १२ प्रतिशतसम्म ब्याज लाग्छ भने २४ महिनाको किस्ततामा १६ प्रतिशतसम्म ब्याज लाग्छ ।
५० प्रतिशत डाउन पेमेन्ट गरेर २४ महिनाको किस्तामा मोटरसाइकल किन्दा ग्राहकले मासिक रुपमा ६ हजार ७०० रुपैयाँ हाराहारीमा बुझाउँनु पर्छ ।

अपाचे आरटीआर १६० फोर भीको सुरुवाती मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ३ लाख ८३ हजार ९०० रुपैयाँसम्म रहेको छ ।

अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ ।

आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।


Back_to_top