एथरले खुलायो सस्तो स्कुटरको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । एथर ४५० नयाँ भेरियन्टको नेपाली बजारमा बुकिङ खुला भएको छ । कम्पनीले एथर ४५० एसको बुकिङ खुला गरेको हो ।

भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी वैद्यज् इनर्जीले एथर ४५० एसको दुई भेरियन्ट नेपाल भित्र्याएको हो ।

कम्पनीले एथर ४५० एस र ४५० एस प्रोको बुकिङ खुला गरेको छ भने, आगामी दुई हप्ता भित्रमा डेलिभरी दिन सुरू गर्ने भएको छ ।

एथर ४५० एक्स जस्तै ४५० एस पनि दुई भेरियन्टमा नेपाल आउने छ । एथर ४५० एसमा एक्सकै समान फिचर उपलब्ध हुनेछ । एस भेरियन्टमा भने टच स्क्रीन डिस्प्ले उपलब्ध हुने छैन भने, प्रो भेरियन्टमा भने कनेक्टिभिटी फिचरसमेत उपलब्ध हुनेछ ।

कम्पनीले  ४५० एसको सुरुवाती मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकेको छ भने कनेन्ट फिचर सहितको ४५० एसको मूल्य केही दिनमा नै सार्वजनिक हुने कम्पनीकाे भनाइ छ । अहिले बुकिङ गर्न चाहाने ग्राहकले ५ हजार रुपैयाँ तिरेर एथर ४५० एसको बुकिङ गर्न सक्नेछन् ।

कम्पनीले एथर ४५० एसको दुवै भेरियन्टमा २.९ किलोवाट क्षमातको ब्याट्री उपलब्ध हुनेछ ।

यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।


Back_to_top