काठमाडौं । विद्युतीय स्कुटर निर्माता कम्पनी अथरले नयाँ स्कुटर एस३४० जुन ५ अर्थात भोलि भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । उक्त स्मार्ट विद्युतीय स्कुटरको खरिदका लागि धेरै मानिस आतुर रहेको कम्पनीको दाबी छ ।
यो स्कुटरलाई हाइ टेक विद्युतीय स्कुटर भनिएको छ । एस३४० स्कुटर फुल चार्जमा ६० किलोमिटर कुद्ने र उच्च गति ७२ किलोमिटर प्रतिघण्टासम्म रहने छ । भारतको बैंलोर बेस नयाँ विद्युतीय सवारी उत्पादक कम्पनीको हो अथर । यो स्कुटरमाा टचस्क्रिन डिस्प्ले रहेको छ ।
यसमा रहेको इलेक्ट्रीक मोटरमा लिथियम आयन ब्याट्री छ जुन १ घण्टामा ८० प्रतिशत चार्ज हुन्छ । यो व्याट्रीको लाइफ ५० हजार किलोमिटर रहेको र यो ५ देखि ६ वर्षसम्म हो ।
अथरले विद्युतीय सवारी परियोजनाका लागि टाइगर ग्लोबल र फ्लिपकर्टका संस्थापकबाट ४ करोड अमेरिकी डलर पाएको छ । यो स्कुटर कम्पनीको वेवसाइटबाट मात्र बिक्री हुने छ ।
त्यस्तै अथर एस३४० को मूल्य ८० हजार देखि १ लाख भारुसम्म पर्ने अनुमान गरिएको छ । बैंलोरमा कम्पनीले ३० वटा चार्जिग स्टेशन बनाएको छ ।

