मारुति सुजुकी ‘भिटारा ब्रेजा’ टोयोटाको लोगोमा आउने, यस्तो छ तयारी

काठमाडौं । मारुती सुजुकी र टोयोटा कम्पनीले संयुक्त रुपमा निर्माण घोषणा गरेको टोयोटा भिटारा ब्रेजाको निर्माण सुरु भएको छ । 

भारतीय बजारमा अनुमानित बजार मुल्य ९ लाखदेखि १५ लाख भारतीय रुपैयाँ रहने यो कार यसअघि मारुति सुजुकीको लोगोमा आइरहेकोमा अब बन्ने नयाँ टोयोटा भिटारा ब्रेजामा टोयोटाको लोगो लाग्ने छ । 

२०१९को अन्त्यतिर भारतीय बजारमा सार्वजनि हुने एसयुभीमा १.३ एलडीडीआईएस इन्जिन दिने बताइएको छ । यसले, ८९ बिएचपी र २०० एनएम टर्क उत्पादन गर्छ । 

५ स्पिड म्यानुअल गियरबक्स दिइने यस कारको लागि टोयोटा कम्पनीले मारुति कम्पनीसँग मेकानिकल पार्टस इन्जिन, गियरबक्स र सस्पेन्सनलगायतका पार्टस लिने छ भने अन्य प्रबिधि टोयोटाको प्रयोग हुने अन्तर्राष्ट्रीय मिडियाले जनाएका छन् । 

केही समय अगाडि भारतीय बजारमा टोयोटा र मारुति सुजुकीबीच सहकार्य गर्ने बिषयमा एक सम्झौंता भएको थियो । सम्झौता अनुसार टोयोटाले मारुति सुजुकीलाई कम्पायक्ट र अल्ट्रा इफिसेन्सी कार बनाउन प्राविधिक सहयोग गर्ने जनाइएको थियो । 

यसको पहल जापनीज ब्राण्ड सुजुकीले गरेको थियो भने, सुजुकीको प्रस्ताब टोयोटाले स्विकार गरेसँगै यी दुई कम्पनी बीच सहकार्य सुरु भएको हो ।

सम्झौंता अनुसार भारतीय बजारमा संयूक्तरुपमा दुबै कम्पनीको कारहरु बिक्री गर्ने, सुजुकी र टोयोटाले उत्पादन गरेका सवारीसाधन भारत, अफ्रिका र अन्य बजारमा दुबै कम्पनीको ब्रान्च नेटवर्कको प्रयोग गर्ने जस्ता बिषयमा पनि दुबै कम्पनी सहमत भएका छन् । यो सहमतिले दुबै कम्पनीलाई कस्तो फाइदा पुग्ने छ त्यो भने भबिष्यले नै बताउने छ । 


Back_to_top