यसरी चम्काउनुस् आधा ग्लास पानीले बाइक, स्कूटर र कार !

काठमाडौं । बर्षातको समयमा पानी परे हिलो र घामलागे धुलो पिडित हामी नेपालीले चढ्ने सवारीसाधन निकै फोहोर हुने गरेको छ । यसरी फोहोर भएका सवारीसाधन पखाल्न धेरै पानी चाहिने हुन्छ । 

यसबाट मुक्तिपाउन कम्पनीहरुले बिभिन्न किसिमका उपाए र उत्पादन बजारमा ल्याएका छन् । यस्तै एउटा शोलुसन ल्याएको छ एक चिनियाँ कम्पनीले, जसको उत्पादनको प्रयोगले आधा ग्लास पानीले आफ्नो सवारीसाधन चम्काउन सकिन्छ । 

वाटरलेस कार वाश किट सल्यूशन 

यो प्रविधिलाई वाटरलेस कार वाश किट भनिन्छ, यसको उत्पादन धेरै चीनियाँ कम्पनीहरूले गर्ने गरेका छन् । 

यो सल्यूशनको मद्दतले कुनै पनि कार, बाइक वा स्कूटरको मेटलिक भागलाई चम्काउन सकिन्छ । साथै, कारको अन्य भागहरू पनि यसबाट सजिलै सफा गर्न सकिन्छ । मात्र ५ एमएल सल्यूशनले पुरै कार चम्किने छ । 

कारको सफाई गर्ने तरिका

यो सल्यूशनलाई आधा ग्लास पानीमा मिलाएर तयार पार्नुस् । कार, मोटरसाइकल वा स्कूटर सफा गर्न एउटा सुख्खा कपडाको मद्दतले पहिला माथिलागेको धुलो हटाउनु पर्छ । त्यसपछि कटनको कपडामा यस लिक्विडलाई लगाएर कार पुच्नु पर्छ । यसरी पुच्दैजाँदा कारमा लागेका दाग–धब्बा हट्छ र कारको चमक बढ्छ । 


Back_to_top