काठमाडौं । बैद्यज् इनर्जीले एथर स्कुटरमा विशेष सर्भिस स्कीम ल्याएको छ । कम्पनीले तीन फकर सर्भिस स्कीम आफ्ना उपभोक्तालाई दिएको हो ।
भारतीय स्कुटर एथरको नयाँ अपडेटेड मोडल सार्वजनिक गर्ने क्रममा कम्पनीले सर्भिस स्कीम ल्याएको हो । कम्पनीले ल्याएको सर्भिस स्कीममा उपभोक्ताले १ हजार ९९९ रुपैयाँ तिर्दा २ पटक निःशुल्क सर्भिसिङ उपलब्ध गराउने छ । साथै, लेभर चार्ज, वायर र पार्टसहरु फेर्नुपर्दा १० छुट पाउने छ । यसलाई एथर कियर नाम दिइएको छ ।
त्यसैगरी कम्पनीले २ हजार ४९९ रुपैयाँको अर्को स्कीम दिएको छ । यस स्कीममा पनि उपभोक्ताले २ पटक निःशुल्क मेन्टीनेन्स, वायर र टियर पार्टस्मा १० प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत छुट, ३ वटा फ्रि पोलिसिङ र ३ वटा निःशुल्क वासिङ सुविधा पाउने छन् । यस स्कीमको नाम एथर कियर प्लस नाम दिइएको छ ।
कम्पनीले सबैभन्दा महंगो सर्भिस स्कीम पनि ल्याएको छ । यसमा उपभोक्ताले वार्षिक ३ हजार ९९९ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यस स्कीममा पनि दुई पटक निःशुल्क मेन्टिनेन्स, २ वटा फ्रि ब्रेक प्याड परिवर्तन, वायर र टियर पार्टस् रिप्लेसमेन्मा १० प्रतिशत छुट दिनेछ ।
लेवर चार्जमा १५ प्रतिशत छुट, निःशुल्क बेल्ट लुब्रिकेन्ट, ५ पटक फ्रि पोलिसिङ र ५ पटक निःशुल्क वासिङ सुविधा पाउने छन् । कम्पनीले यस प्लानको नाम एथर कियर म्याक्स नाम दिएको हो ।


