‘वाडा अटो शो २०२५’को आज अन्तिम दिन

पोखरा । पश्चिमाञ्चल अटोमोवाइल डिलर एशोसिएसनले आयोजना गरेको पहिलो अटो शोको आज अन्तिम दिन हो । चैत १४ गतेबाट सुरु भएको वाडा अटो शो २०२५ आज बेलुका समापन हुनेछ ।

पहिलो पटक पर्यटकिय नगरीमा आयोजना भएको अटो शोमा अवलोकनकर्ता र प्रदर्शनीकर्ताको उत्साहजनक सहभागिता भरहेको वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।

‘पहिलो पटक पोखरामा हामीले अटो शो सम्पन्न गर्दैछौं । जुन किसिमको अवलोकनकर्ताले चासो देखाउनु भएको छ, त्यसले हामीलाई उत्साहित बनाएको छ । तीन दिनमा २० हजार अवलोकनकर्ता आएका छन् । सबै कम्पनीले मिलाएर १०० भन्दा बढी गाडी बुकिङ गरेको रिपोर्ट दिएका छन् । स्पटमै डेलिभरी पनि चलिरहेको छ’, अध्यक्ष कोइरालाले भने ।

मेलामा चार पाङ्गे, दुई पाङ्ग्रे, लाइट कमर्शियल, कम्पोनेन्ट, वित्तिय संस्था, बीमा कम्पनीको सहभागिता रहेको छ ।


Back_to_top