काठमाडौं । भारतमा लगानी गर्न चाहने विलासीकार निर्माताहरुका लागि भारतीय कर प्रणाली अव्यवहारीक भएको अडी इन्डिया युनिटले जनाएको छ । यद्यपी जर्मन विलासीकार निर्माता कम्पनी अडीले आफ्नो लगानीलाई भने निरन्तरता दिने जनाएको छ ।
पछिल्लो समय भारतमा विलासीकारको बिक्री उल्लेख्य रुपमा बढेपछि विश्वका ठूला विलासी कार निर्माता कम्पनीहरु भारत केन्द्रीत भएका हुन् । अडीले पनि आफ्नो सवारी उत्पादन रेन्ज विस्तार गर्न भारतमा व्यापक लगानी गरिरहेको छ ।
‘भारत हाम्रा लागि रणनीतिक महत्वको बजार हो र यहाँ लगानी गर्ने क्रमजारी नै रहने छ, तर, अहिलेको कर प्रणालीले हामीलाई खुलेर लगानीगर्न भने केहि अवरोध पैदा गरेको छ ।’ अडी इन्डियाका ब्रान्ड हेड राहील अन्सारीले भने ।
भारतको आन्तरिक बजारमा विलासी कारको हिस्सामा मर्सिडिज बेन्ज र बीएमडब्लू पछि अडी तेस्रो स्थानमा रहेको छ । २०१५मा अडी भारतको विलासी कार बजारमा पहिलो स्थानमा रहेको थियो ।