गाडी किन्न कर्जा लिन जानु अघि तयार गर्नुहोस् यी कागजपत्र

काठमाडौं । बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर गाडी किन्ने योजना बनाउनेहरुले थुप्रै कागज पत्र तयार गर्नु पर्ने हुन्छ । व्यक्तिको नाममा गाडी किन्नेले केही कम डकुमेन्ट तयार गर्दा पुग्छ भने, कम्पनीको नाममा कर्जा लिँदा धेरै डकुमेन्ट तयार गर्नु पर्ने हुन्छ ।

व्यक्तिले आफ्नो नाममा सवारी साधन किन्दा सबैभन्दा पहिला गाडीको मूल्यको ५० प्रतिशत रकम तयार गर्नु पर्छ । त्यसपछि आवश्यक कागजपत्र जुटाउन थाल्नु पर्छ । त्यसको लागि नागरिकता, कम्तीमा दुई प्रति फोटो, कुन गाडी किन्ने हो त्यो गाडीको मूल्यसहितको कोटेशन, आफ्नो मासिक आम्दानीको स्रोत खुल्ने कागजपत्र र पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट जस्ता डकुमेन्ट तयार गर्नुपर्छ ।

यदि तपाईले आफ्नो कम्पनीको नामबाट गाडी किन्ने योजना बनाउनु भएको छ भने थप डकुमेन्ट बनाउनु पर्ने हुन्छ । यदि कम्पनी साझेदारीमा छ भने सबै संचालकको सहमती आवश्यक हुन्छ ।

कम्पनीको ६ वर्षको अनुमानीत आयव्य ‘प्रोजेक्ट’ गर्नु पर्ने हुन्छ । कम्पनीको आम्दानीले गाडीको मासिक किस्ता तिर्न सक्ने हुनुपर्छ । सबै संचालकको नागरिकता, एक एक प्रति फोटो, संचालक समितिको निर्णय, प्यान/भ्याटमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अफिस रहेको स्थानको नक्सा, किन्न चाहेको गाडीको कोटेशन, ६ महिनाको बैंक स्टेटमेन्ट जस्ता डकुमेन्ट तयार गर्नु पर्ने हुन्छ ।

यसरी कर्जा आवेदन गरेपछि बैंकले उसको किस्ता तिर्न सक्ने अवस्थालाई आँकलन गरेर कर्जा स्वीकृत गर्ने गरेका छन् । कर्जा स्वीकृत भएपछि बैंकले गाडी विक्रेता कम्पनीलाई कर्जा स्वीकृत भएको जानकारी दिदै गाडी डेलिभरी दिन एउटा पत्र दिन्छ । त्यहि पत्रको आधारमा विक्रेताले गाडी दिन्छन् ।


Back_to_top