सुरुवाती एक घन्टामै १५ हजार ‘बी-१०’ बुकिङ

काठमाडौं । लीपमोटरको नयाँ एसयूभी बी-१० बुकिङ खुला गरेको पहिलो घन्टामा नै १५ हजार युनिट बढी बुकिङ भएको छ । चिनियाँ बजारमा बुकिङ खुला भएको लीपमोटरको बी-१० लाई कम्पनीले १५ हजार १२० अमेरिकी डलर मूल्य तोकेर बुकिङ खुलाएको थियो ।

चिनियाँ बजारमा १ लाख २० हजार युवानभन्दा कम मूल्यमा लाइडार सेन्सर भएको बी-१० पहिलो मोडल हो । अहिले प्रि-सेल्स चलिरहेको यो एसयूभीको लम्बाइ ४५१५ एमएम छ ।

युरोपियन ग्रुप स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार बिस्तारमा लागेको लीप मोटर्सले नयाँ एसयूभी ‘बी-१०’ यसअघि फ्रान्समा भएको ‘पेरिस अटो शो २०२४’मा देखाएको थियो ।

‘लीप ३.५ आर्किटेक्चर’मा बी-१० कम्पनीको पहिलो बी-सेग्मेन्ट एसयूभी मोडल हो । बी सेग्मेन्ट एसयूभी संसारभर सर्वाधिक बिक्री हुनेमा पर्छ । यस्तो बी-१० एसयूभीले युरोप र एशियाली बजारमा राम्रो हिस्सा पाउने अनुमान गरिएको छ ।

आधुनिक फिचरले भरिपूर्ण हुने एसयूभीमा ६७.१ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसमा ५६.२ किलोवाट आवरको ब्याट्री पनि रहने छ । यसमा १३२ र १६० किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ ।

लीप मोटर्सले बी-१० एसयूभीको ककपीटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग गरेको छ । इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बी-१० एसयूभीले लीप मोटर्सको बिक्रीलाई थप उचाईमा लग्ने कम्पनीले दावी गरेको छ ।

नेपाली बजारमा पनि लिप मोटर्सका उत्पादन साँग्रिला मोटर्सले बिक्री वितरण गर्दै आएको छ । आगामी नाडा अटो शो २०२५ सम्ममा लीपमोटरको बी-१० एसयूभी नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top