काठमाडौं । नेपालमा सार्वजनिक सवारी साधनको अवस्था जटिल छ । अन्य देशको विकास र सवारी साधन व्यवस्थापन हेर्दा हाम्रो अवस्था छर्लङ हुन्छ । हामी त्यो रूपमा अहिलेसम्म सार्वजनिक यातायातमा काम गर्न सकेका छैनौं ।
हाम्रोमा समस्या भेरै छन् । यहाँ सरकार, नीति निर्माता र व्यवसायीहरू एक ठाँउमा बसेर छलफल हुन सकेको छैन । जब छलफल नै हुँदैन भने त्यो क्षेत्र लथालिङ हुनु स्वभाविक हो । त्यसैले हामीले राम्रो वा नराम्रो भनेर चर्चा गर्नै पर्दैन । आम नागरिकले असहज रूपमा यात्रा गरिरहनु परेको छ ।
हाम्रो सार्वजनिक यातायातको सबैभन्दा ठूलो समस्या यात्रु समयमा नै आफ्नो गन्तव्य पुग्न सक्दैनन् । त्यसको मूलभूत समस्या भनेको सडकको व्यवस्थापन सही हुन नसक्नु हो ।
विश्वका अधिकांश देशमा सार्वजनिक यातायातको प्रयोग बढ्दो क्रममा छ । तर, नेपालमा भने उपभोक्ता प्राइभेट भेहिकलमा फोकस भएको पाइन्छ ।
सार्वजनिक यातायात अव्यवस्था भएकै कारण नेपालमा निजी भेहिकलहरू बढिरहेका छन् । भनेको जस्तो विकल्प सार्वजनिक यातायातले दिन नसक्दा प्राइभेट साधन लिने प्रवृति बढेको हो । तथ्याकं हेर्दा पनि यस्तै देखिन्छ । अन्य देशमा सार्वजनिक यातायातको व्यवस्था बढ्दै जाने क्रममा छ । तर, हाम्रोमा भने प्राइभेट भेहिकलमा उपभोक्ताको बढी फोकस पाइन्छ ।
यातायात प्राधिकरणको सम्बन्धमा
यातायात प्राधिकरण सुन्न राम्रो लाग्छ । एउटा हिसाबले मात्रै सोचेर राज्यका नीतिहरू बन्नु हुँदैन । परिपक्व नीतिले मात्रै यातायात प्रणालीलाई सुधार गर्न सक्छ । राज्य, यातायात व्यवसायी, उपभोक्ता, मिलेर नै यातायात क्षेत्र सुधार गर्न सकिन्छ । म भर्खर मात्रै बागमती प्रदेशको तर्फबाट यातायातमन्त्री भएको छु । बागमती प्रदेशको तर्फबाट कुरा गर्ने क्रममा सवारी साधनको एक्लो अधिकार हामीलाई दिएको छ ।
प्रदेश सवारी ऐन २०७५ जारी गरेका छौं । यातायातका सम्पूर्ण एकल अधिकार प्रदेश सरकारलाई दिइरहेको हुनाले प्रदेश सरकारको जुन अधिकार हो, त्यो अधिकारलाई बन्चित हुने किसिमबाट कुनै खालका कानुनहरू र यातायात प्राधिकरण बनाउने पक्षमा बागमती प्रदेश सरकार छ ।
उपत्यका यातायात प्राधिकरण बन्यो । बागमती प्रदेशको अधिकार कुन्ठित गर्ने हिसाबले उस्तै अर्को प्राधिकरण बन्नु हुँदैन ।
तथापि, तीन तहको सरकार बीच समन्वय गरेर जानु पर्छ । यातायात व्यवस्थाको सवालमा त्यसलाई व्यवस्थित रूपमा संचालन गर्नु पर्छ । हामी पनि यहीँ चाहिरहेका छौं । हाम्रो प्रदेशको तर्फबाट त्यसमा हामी उत्तरदायी भएर काम गरिरहेको छौं । यातायात व्यवसायी साथीहरूसँग बसेर छलफल पनि गर्दैछौ ।

सवारी ऐनमा सम्बोधन र संशोधन गर्नु पर्ने कुरा पनि हामीले उठाइरहेका छौं । उपत्यका यातायात प्राधिकरण बन्यो । बागमती प्रदेशको अधिकारमा अलिकति कुन्ठित गर्ने हिसाबबाट उस्तै अर्को प्राधिकरण बन्नु हुँदैन । त्यसलाई कसरी मिलाएर जाने भन्ने खालको कुराहरूमा छुट्टै हिसाबले सोच्नु पर्ने छ । त्यसमा हामीले कसैको यो वा त्यो ढगंले चै गर्नुपर्ने कुरा रहेन ।
यातायात कोष बनाउँदैछौं
हामी सबैसँग समन्वय र सहकार्य गर्न गर्न चाहान्छौं । त्यसको लागि हाम्रो तर्फबाट गर्न तयार छौं । यातायात क्षेत्रको भित्रि भागमा भइरहेका समस्याहरू समाधान गर्ने हिसाबले ‘यातायात कोष’ भन्ने संस्था सुरू गर्न खोजिरहेका छौं । वास्तवमा अहिले एकहदसम्म राज्यले राजस्व २० देखि ३० प्रतिशतसम्म यातायात क्षेत्रबाट संकलन हुँदै आइरहेको छ ।
समग्रमा ६० प्रतिशत सवारी साधन बागमती प्रदेशमा छन् । त्यसैले पहिलादेखि नै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ र प्रणालीगत सुधार गर्न सकिन्छ भन्ने कुराहरूमा छलफल गरिरहेका छौं । यातायात क्षेत्रलाई डिजिटलाइजेसन गर्दैछौं । लाइसेन्सको हकमा पनि छलफल हुँदैछ ।
करको कुरामा पनि हामीले अनलाइन पेमेन्ट सिस्टम गर्न खोजिरहेका छौं । यसका अलावा यातायातको अन्य कार्यमा पनि डिजिटलाइजेसन सुरू भइसकेको छ । सम्पूर्ण डाटाको कामहरू पनि सबै डिजिटल माध्यमबाट गर्ने सिस्टम बन्दै छ । जुनजुन काम पूरा हुँदै जान्छ, त्यो सुरू गर्दै जान्छौं । हाम्रो यातायात व्यवस्था विभागसँग पनि कोडिनेसन भइरहेको छ । त्यहाँ आइरहने समस्याहरू समाधान गर्न हामी लागि परिरहेका छौं । यातायात धाइराख्न पर्ने समस्या पनि छिटै अन्त्य हुन्छ ।
रोपवे ट्रान्सपोर्टलाई बागमती प्रदेशले गौरव आयोजनाको रूपमा हेरिरहेको छ ।
अलि अगाडि रत्नपार्क-सूर्यविनायक फास्ट ट्रान्स्पोटेसन सेवा सुरू भएको थियो । तर, त्यो लामो समय चल्न सकेन त्यस्ता सेवाहरूलाई हामीले प्रमोट गर्नुपर्छ । काठमाडौंमा राइड सेयरिङ धेरै देखिरहेको छ । यसलाई पनि छुट्टै कार्यविधि बनाएर व्यवस्थित गर्नुपर्छ ।
देश भरका सम्पूर्ण व्यवसायीहरू कन्जुमरहरूलाई अफ्ठ्यारो नहुने हिसाबबाट मापदण्ड बनाउन खोजी रहेका छौं । यो कुरा क्याबिनेटमा पनि पुगिसकेको छ । जलस्रोतको धनी देश भएको र वातावरण प्रदूषण निर्मूल पार्नका लागि हामीले पेट्रोल साधनभन्दा पनि ईभी साधनलाई बढी प्रोत्साहन गरिरहेका छौं ।
अहिले जुन नयाँ इनोभेसन ट्रान्सपोर्ट क्षेत्रमा हुँदैछ । रोपवे ट्रान्सपोर्टलाई बागमती प्रदेशले गौरव आयोजनाको रूपमा हेरिरहेको छ । इन्भेस्टरहरूसँग हाम्रो छलफल भइरहेको छ ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री महर्जनले मेरोअटोले आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’मा व्यक्त गरेको धारणाको सम्पादित अंश ।


