सिएटले आईसीइ र ईभी दुवैलाई हुने टायर ल्याउने

काठमाडौं । अटोमोबाइल इन्डष्ट्रिमा भइरहेको परिवर्तनलाई मध्यनजर गर्दै इटालियन टायर निर्माता सिएटले ड्युल पर्पोज टायर ल्याउने भएको छ ।

सिएटले नयाँ स्ट्राटिज अबलम्बन गर्दै अब आउने टायरहरू ईभी र आईसीइ दुवै थरिको भेहिकलमा कम्पाटिबल टायर बनाउने भएको हो ।

कम्पनीले विश्वमा ईभीको बिक्री बढ्दै जान थालेदेखि यस अघि नै ईभीको लागि डेडिकेटेड टायर रेन्ज लन्च गरिसकेको छ । अब भने कम्पनीले बिक्री गर्ने प्यासेन्जर कारको सबै रेन्जको टायर ईभी र आइस दुवैको लागि कम्पाटिबल हुने सिएट लिमिटेडको आर एण्ड डी एण्ड टेक्नलोजीका सिनियर भाइस प्रेसिडेन्ट रेन्जी इसाकले बताए ।

सिएटका यी टायरहरूको लाइभ धेरै हुने, कम नोइज भएको सुपेरियर ड्युरेबिलिटी भएको हुनेछ । कम्पनीले सन् २०२२ मै ईभी सेन्ट्रीक टायर प्ल्याटफर्म ल्याउँदै टु ह्वीलरको लागि इनर्जीराइड, प्यासेन्जर कारको लागि इनर्जी ड्राइभ र इलेक्ट्रीक बसको लागि विनइनर्जी रेन्ज लन्च गरेको थियो ।

कम्पनीले गत महिना मात्रै भारतमा नयाँ टेक्नलोजीको टायर टेक्नलोजी लन्च गरेको थियो । स्पोट्स ड्राइभ रेन्जका यी टायरहरू अल्ट्रा हाइ पर्फमेन्स फोर ह्वीलर मार्केटको लागि हो । यसमा रन फ्ल्याट टेक्नलोजीका टायर तथा २१ इन्चको ३०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन मिल्ने जेडआर रेटेड टायर रहेका छन् ।


Back_to_top