काठमाडौंको तीन स्थानमा सडकसँगै व्यूटीफिकेसन पार्क, ६ निर्माण कम्पनीले दिए आवेदन

काठमाडौं । ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माण टेन्डरका लागि ६ कम्पनीले आवेदन दिएका छन् । काठमाडौंको गोकर्ण, थापाथली र बल्खुमा रहेका बागमती करिडोर साइडमा ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माणको लागि ६ कम्पनीले आवेदन दिएका हुन् । 

पार्क निर्माणको टेन्डरका लागि नानटोङ आशिस समान्तार जेभी, जेटआईसी शर्मा जेभी, टुन्डी स्यू जेभी, जीआईईटिसी लामा रमन जेभी, जेटएचसी विरुवाखानी जेभी र यूसीईपीसी सेखर माबीले टेन्डरका लागि आवेदन दिएका हुन् । 

झण्डै १ अर्ब ६० करोड रुपैयाँको लगानीमा ब्यूटीफिकेशन पार्क बनाउन लागिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जानकारी दिएको छ ।  

सो ‘रिभर व्यूटीफिकेसन पार्क’ ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरि टेन्डर दिइने समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए । 

आउँदो चालु आर्थिक वर्षबाट सुरु हुने गरी उक्त ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माणको काम सुरु गरिने उनले बताए । 

हाल उक्त टेन्डरका लागि इभ्यालुएसन भइरहेको र उक्त काम पुरा हुन २ देखि ३ महिना लाग्ने उनले बताए । 

‘अहिले इभ्यालुएसनको चरणमा रहेको छ, यसबाट टेन्डर हस्तान्तरण पछि लगतै काम सुरु गरिनेछ,’ चित्रकारले मेरोअटोसँग भने । 

उनका अनुसार वि.सं. २०७८ सालसम्ममा ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माण सम्पन्न हुने गरी काम गरिने छ । 

यो नेपाल सरकार र एशियन विकास बैंकको प्रजोक्टको रुपमा ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माण गरिन लागेको उनले जानकारी दिए । 

टेन्डर दिइएको दिनबाट २ वर्ष ६ महिना भित्र ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माण सम्पन्न गर्ने गरि टेन्डर दिइने उनले बताए । 

बाग्मती करिडोरको २० मिटर चौडाई मध्य सडकमा १० मिटरमा करिडोर निर्माण गरिएको छ भने, १० मिटरमा व्यूटी पार्क निर्माण गर्दै लैजाने उनले बताए । पार्कमा फुटपाथ, साइकल ट्रयाक, वाउन्ड्री वाललगायतका पुर्वाधारहरुको निर्माण  गरिने छ । 


Back_to_top