काठमाडौ । बिभिन्न १५ वटा सम्झौतामा हस्ताक्षर गर्दै लगानी सम्मेलनको समापन भएको छ । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी हुँदा, सडक, रेल मार्ग जस्ता पूर्वाधारमा लगानी गर्न कुनै लगानीकर्ताले चासो देखाएनन् ।
लगानी सम्मेलनमा आफुसँग मिलेर काम गर्न नेपालका एकमात्र फोव्र्स बेलियनार बिनोद चौधरी निकै अगाडि देखिए । चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौता गरेको छ।
यसका अलावा नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्नै थुप्रै कम्पनीहरुले इच्छा देखाएको देखियो ।
माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ। अरुण तेस्रोलाई लगानी गर्न नेपाली बैंक एसबीआई, नविल र एभरेस्ट बैंकले समझदारी गरेका छन्।
हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्न समझदारी गरेको छ। सीमरामा विशेष आर्थिक क्षेत्र सेज विकासको लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।
यस्ता छन् समझदारीहरु
– चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी
– ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी
– ५ जी नेटवर्क विस्तारको लागि सिजी र टेलिसेलबीच समझदारी
– सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच समझदारी
– २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानीको घोषणा
– ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकबाट १२ हजार करोड बढी रुपैयाँ लगानी समझदारी
– १६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी
– पूर्वाधार विकास कर्पोरेसन
– मुतुथ फाइनान्स भारतद्वारा ३९.९० करोड घोषणाा
– दक्षिण अफ्रिका र दक्षिण अफ्रिका लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी
– गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्ट
– सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी
– सिन्सीयर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी
– एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानीको प्रतिबद्धता
– नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी

