यी हुन् भारतका टप १० मोटरसाइकल उत्पादक कम्पनी, कुन कति औँ स्थानमा

दुइपांग्रे सवारी अर्थात मोटसाइकल तथा स्कुटर युवाहरुको रोजाइमा पर्ने गरेको छ । मोटरसाइकल उत्पादक कम्पनीहरुले युवाहरुको चाहना अनुरुप मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।

उपभोक्ताको चाहना आफूले चढ्ने मोटरसाइकल बलियो, कम मूल्यको र इन्धन खपत कम गर्ने होस भन्ने नै हुन्छ । मुख्यतः मोटरसाइकल नर्मल, रेसिङ तथा विलाशी खालका हुन्छन् ।

यहाँ भारतीय बजारका १० उत्कृष्ट मोटरसाइकल उत्पादक कम्पनीका बारेमा चर्चा गरिएको छ । २०१९ का १० उत्कृष्ट मोटरसाइकल कम्पनीहरु:

१०. हार्ले डेभिडसन

हार्ले डेभिडसन अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी हो । जुन १९०३ मा स्थापना भएको थियो । हार्लेले बनाएका मोटरसाइकल युवा पुस्ताको रोजाइमा पर्ने गरेको छ । भारतमा हार्लेले मोटरसाइकल उत्पादन २०१० देखि सुरु गरेको हो । हार्ले भारतका १० उत्कृष्ट मोटरसाइकल उत्पादक कम्पनीको सूचिमा १०औं स्थानमा रहेको छ ।

९. महिन्द्रा

महिन्द्रा भारतकै मोटरसाइकल उत्पादक कम्पनी हो । जसको नामकै कारण पनि भारतमा चर्चित रहेको छ । महिन्द्राले एफाइएम मोटो ३ टीएम मोटरसाइकल रेसिङमा भाग लिने पहिलो भारतीय कम्पनी पनि हो । महिन्द्राले २०१३ देखि मात्र मोटरसाइकल उत्पादन थालेको थियो ।

८. सुजुकी

सुजुकी जापानी सवारी उत्पादक कम्पनी हो । चारपांग्रे सवारीमा मात्र होइन सुजुकीले दुईपांग्रे सवारी उत्पादनमा पनि राम्रै ख्याती कमाएको छ । भारतमा पनि सव–कम्पनी सुजुकी मार्फत नै मोटरसाइकल उत्पादन भइरहेको छ । सुजुकीले स्र्पोर्टस मोटरसाइकल तथा रेसिङ मोटरसाइकल समेत उत्पादन गर्दै आएको छ । सुजुकी भारतको आठौं उत्कृष्ट मोटरसाइकल उत्पादक कम्पनी हो ।

७. केटीएम

केटीएम कम्पनी रेसिङ बाइक उत्पादकको रुपमा चर्चामा रहेको छ । केटीएमको ट्यागलाइन नै रेडी टू रेस रहेको छ । युवाहरुको रोजाइमा केटीएमका मोटरसाइकल पर्ने गरेको छ । भारतीय बजारमा समेत यो मोटरसाइकल निक्कै लोकप्रिय रहेको छ ।

६. यामाहा

जापानी मोटरसाइकल उत्पादक कम्पनी यामाहाले भारतमा १९८५ मा स्थापना भएको थियो । भारतीय बजारमा स्पीड र पर्फमेन्सका हिसाबमा यामाहाका मोटरसाइक निक्कै लोकप्रिय रहेका छन् । भारतीय बजारमा यामाहाको निक्कै लामो यात्रा रहेको छ । यो १० उत्कृष्ट मोटरसाइकल उत्पादकको सूचिमा छैटौं स्थानमा छ ।

५. टीभीएस

टीभीएस सवारी उत्पादकको तथ्यांकका आधारमा भारतको तेस्रो ठूलो कम्पनीमा पर्दछ । भारतमा टीभीएस मोटरसाइकल निक्कै चर्चित र लोकप्रिय रहेको छ । टीभीएसले उपभोक्ताको वर्तमानको आवश्यकता अनुसार मोटरसाइकल उत्पादन गर्ने भएकाले पनि लोकप्रिय भएको हो । टीभीएसले नर्मल, रेसिङ तथा लक्जिरी तीनै सेगमेन्टका मोटरसाइकल बनाउँदै आएको छ । टीभीएस सूचीको पाँचौं नम्बरमा रहेको छ ।

४. बजाज

बजाज भारतको पुरानो मोटरसाकल उत्पादक कम्पनी मध्ये एक हो । बजाजले विशेषगरि मध्यम वर्गिय परिवारलाई लक्षित गरि मोटरसाइकल उत्पादन गर्दै आएको छ । बजाज स्कुटर उत्पादकबाट मोटरसाइकल उत्पादक कम्पनी बनेको हो । बजाज टप १० सूचिमा चौथो स्थानमा रहेको छ ।

३. रोयल इनफिल्ड

सुरुवातमा इनफिल्ड साइकल कम्पनीको रुपमा स्थापना भएको यो कम्पनी १८९० मा रोयल इनफिल्ड नामाकरण भएको थियो । त्यसयता भारतमा यो कम्पनी उत्कृष्ट मोटरसाइकल उत्पादक मध्येमा रहँदै आएको छ । भारतीयहरुका लागि जीवनकालमा एक पटक रोयल इनफिल्ड मोटरसाइकल चढ्ने सपना हुन्थ्यो । यो भारतको उत्कृष्ट १० कम्पनीमा तेस्रो स्थानमा रहेको छ ।

२. होन्डा

होन्डा जापानी सवारी उत्पादक कम्पनी हो जसले भारतमा निक्कै चर्चा बटुलेको छ । होन्डाले भारतमा १९९९ देखि मोटरसाइकल उत्पादन थालेको थियो । होन्डाका मोटरसाइकल युनिक डिजाइनमा हुन्छन् र जुन उपयुक्त मूल्यमा पाइन्छ भन्ने भारतीयहरु माझ रहेको छ । १० उत्कृष्ट मोटरसाइकल उत्पादकको सूचिमा होन्डा दोस्रो नम्बरमा रहेको छ ।

१. हिरो मोटोकर्प

विगतमा यो कम्पनी हिरो होन्डा मोटर्स लिमिटेडको रुपमा थियो । हिरो र होन्डाबीचको सहकार्य टुटपछि हिरो र होन्डा बेग्लाबेग्लै कम्पनीका रुपमा छन् । विगतमा उत्पादन भएको स्प्लेन्डर मोटरसाइकल अहिले पनि भारतमा चर्चित छ । जसले हिरो मोटरसाइकललाई चिनाइ रहेको छ ।

भारतमा सुरुमा मोटरसाइकल चढ्नेले हिरोकै मोटरसाइकल लिन्छन् भन्ने मान्यता छ । त्यसैले हिरो भारतको सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल कम्पनीका रुपमा रहेको छ ।


Back_to_top